• काठमाडौँ । नेपाली काँग्रेस संसदीय दल कार्यसमिति सदस्यमा आवश्यक निर्वाचित हुने पद संख्यामा मात्र उम्मेदवारी मनोनयन दर्ता भएपछि कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। 

    कार्यसमितिको निर्वाचनका लागि गठित निर्वाचन समितिले आज बिहान ११ देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्खास्तको समय निर्धारण गरेको थियो। 

    निर्विरोध निर्वाचित कार्यसमितिमा सात प्रदेशबाट डा. मीनेन्द्र रिजाल, तेजुलाल चौधरी, दिव्यमणि राजभण्डारी, प्रकाश पन्थ, देवेन्द्रराज कँडेल, रंगमती शाही र दिलेन्द्रप्रसाद बडू रहेका छन्।

    त्यस्तै, खस आर्यबाट तारादेवी भट्ट र राजेन्द्रकुमार केसी, आदिवासी÷जनजातिबाट प्रमिला राई र ज्ञानकुमारी छन्त्याल, मधेशीबाट जितेन्द्रनारायण देव र मीनाक्षी झा रहेको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिए।

    त्यस्तै, दलितबाट मीनबहादुर विश्वकर्मा र विमला नेपाली, थारूबाट नमिता चौधरी, मुस्लिमबाट अतहर कमाल मुसलमान र पिछडिएको क्षेत्रबाट रामबहादुर विष्ट निर्विरोध निर्वाचित भएको उनले बताए।

    निर्वाचन समितिले यही जेठ ७ गतेका लागि कार्यसमितिको निर्वाचन तालिका निर्धारण गरेको थियो। 

    काँग्रेस संसदीय दलको नेताको निर्वाचन भने गत फागुन २१ गते सम्पन्न भई पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भईसकेका छन्।

    कार्यसमितिमा संसदीय दलको नेताले पाँच जना सदस्य मनोनीत गर्न पाउने प्रावधान छ। 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…