• मोरङ्गको उत्तरी क्षेत्रमा मापदण्ड बिपरित सञ्चालनमा रहेका क्रसर उद्योगहरुले बिकासको नाममा ब्रम्हलुट मच्चाउन थालेका छन। केराबारी गाउँपालिकामा सञ्चालित क्रसर उद्योगहरुले यस्तो गरेका हुन्।

    मापदण्ड बिपरित क्रसर उद्योग सञ्चालन भएको थाहा पाएर पनि इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन बसेर क्रसरको लुटतन्त्रलाई साथ दिईरहेको छ। केहि समय अगाडी अबैध उत्खनन् तथा मापदण्ड बिपरित स्थापित क्रसर उद्योगहरुले प्राकृतिक श्रोतको चरम दुरुपयोग भईरहेको बिषयमा उजुरी परेर छानबिन भई मापदण्ड बिपरित उत्खनन भएको एवं क्रसर उद्योग ले नै मापदण्ड पुरा नगरेको निष्कर्ष निकालेपनि अख्तियार कानमा तेल हालेर बसेको भन्दै स्थानीयबासी आक्रोशित भएका छन्।

    अख्तियारले कहिले के कहिले के भनेर झारा टारिरहँदा दिन प्रतिदिन खोलामा बाढि आएर प्रमाण नष्ट हुने अवस्था आईसकेको भन्दै स्थानीयबासीको आक्रोश छ।

    यसरी हुँदैछ ब्रम्हलुट
    साबिक केराबारी गाबिस वडा नम्बर ६ हाल केराबारी गाउँपालिका वडा नम्बर ७स्थित फ्याली कित्तामा निमार्ण भएको कल्भर्टको वारी पारी पट्टि पुर्न भनेर वडाको सिफारिसमा अन्दाजी १ सय ७५टिप गिट्टी वालुवा निकाल्न अनुमती दिइएकोमा स्थानीय ट्रिपर ब्यवसायीहरुले कल्भर्ट आसपास पुर्नको सट्टा केराबारीमै सञ्चालित एक क्रसरमा धमाधम पु¥याईरहेको एकजना स्थानीयबासी नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिएका छन्।

    यस्तै केराबारी २ सिंहदेवी जानेबाटो निर्माण जारी रहेकोमा फुटाईएको गिट्टी आवश्यक पर्ने भन्दै सयौ ट्रिप गिट्टी क्रसरमा पु¥याईरहेका छन्।

    के भन्छन जनप्रतिनिधी ?

    यस बिषयमा मोरङ्ग क्षेत्र नम्बर एकका सांसद घनश्याम खतिवडालाई प्रश्न गर्दा आँफुले पटक पटक बन मन्त्रालयलाई जानकारी गराएको भन्दै बन मन्त्रालयले प्रदेश सरकारले नियन्त्रण गर्ने बताउनुभयो।

    खतिवडाले अव बस्ने संसदमा खदम खोलामा भईरहेको चरम उत्खनन् एवं मापदण्ड बिपरित खलेका क्रसरहरुको बिषयमा कुरा उठाउने बताउनुभयो।

    यसैगरी मोरङ्ग क्षेत्र नम्बर १(ख)का सांसद कुल प्रसाद साँवाले खोलामा क्रसर ब्यवसायीहरुले ब्रम्हलुट मच्चाईरहेको स्विकार्दै आँफुहरु कानुन निर्माण गरिरहेको र चाँडै आवश्यक कानुन बनाएर ब्रम्हलुट रोक्ने र उनिहरुलाई कानुनको दायरामा ल्याएरै छाड्ने बताउनुभयो।

    जनप्रतिनिधी नै क्रसर ब्यवसायी
    मोरङ्गको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्की, वडा नम्बर ८ का वडाध्यक्ष मनोज खड्का तथा वडा नम्बर १०का वडाध्यक्ष जंगराज खवास यस्तै वडा नम्बर ३का वडाध्यक्ष भक्त श्रेष्ठ क्रसर ब्यवसायी हुन्।

    उनिहरु कम जनप्रतिनिधी ज्यादा ब्यवसायीका रुपमा प्रस्तुत हुने गरेको स्थानीयले आरोप लगाएका छन्। खवास एमालेबाट निर्वाचित प्रतिनिधी हुन भनेर कार्की खड्का र श्रेष्ठ नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधी हुन।पुर्वीखबरबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…