•  देबु बानियाँ
    दाङ । वर्ष २०१८ अप्रिल महिनाको जेसीज अफ द मन्थ बनेको तुलसीपुर जेसीजको जेसीज सप्ताह सुरु भएको छ । 
    मंगलवारबाट सुरु भएको सप्ताहको तुलसीपुर उपमहानगर पालिकाका मेयर घनश्याम पाण्डेले उद्घाटन गरेका थिए । 
    औपचारिक रुपमा मंगलवारबाट उद्घाटन गरिएको सप्ताह अन्तरगत २ गते रक्तदान, ३ गते ज्ञान ज्योति प्राविमा एक जना शिक्षक हस्तान्तरण गर्ने, ४ गते ट्राफिक सचेतना मूलक कार्यक्रम, ५ गते खानेपानी मुहान संरक्षण तथा सरसफाइ, ६ गते स्थानीय विदालयका कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई प्रशिक्षण जेसीज सम्बन्धि प्रशिक्षण गर्ने र १२ गते जेसीजकर्मीहरुको पारिवारिक वनभोजसहित सप्ताह समापन गरिने मूल आयोजक समितिको संयोजक मानबहादुर बस्नेतले बताए । 
    शाखा अध्यक्ष दिपेश भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा त्रिभूवननगर जेसीजका अध्यक्ष लालमणी भण्डारी, दाङ लेडी जेसीजकी अध्यक्ष डोमा पाण्डे, लमही जेसीजका अध्यक्ष खेमराज घिमिरे, तुलसीपुर जेसीजका अक्षय कोषदाता केशव सापकोटा, ट्याक्टर समितिका अध्यक्ष चिन्तामणी आचार्य, अग्रज पत्रकार सुशील बस्नेतगायतले बोलेका थिए । कार्यक्रम संयोजक महेन्द्रनारायण खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव नेत्रलाल भट्टराईले गरेका थिए । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…