• रातोकलम संवाददाता 

    विराटनगर, जेठ १     विराटनगर महानगरपालिका ६ स्थित बिएफएम आसपास क्षेत्रको जग्गा–मुल्य केहि महिना यता ह्वातै आकाशिएको छ । विशेषगरी त्यसक्षेत्रको राजवंशी चौक, बिएफएम चौक र शान्तिचौक हाताभित्रको जग्गा, ६ महिना यता ४ गुणाले बढेको पाईएको छ । खासमा, केहि समययता त्यस क्षेत्रको पुर्वीभागमा निर्माण भई संचालनमा आएको भाटभटेनी, नया बन्न लागेको सेन्टुरो मल, फाईट स्टार होटल र नया नेपाल बजारका कारण उक्त क्षेत्र हाईलाईटमा आएको हो । सो क्षेत्रमा हाल २० लाख रुपैया धुरसम्म जग्गाधनीले जग्गाको मोल लाउने गरेका छन् । विएफएम चौक आसपासका एक जग्गाधनी भन्छन ''गत वर्ष यो ६ धुर जग्गा धुरको ४ लाखले बेच्न खोजेको कोही ग्राहक लागेन, आज १२ लाखसम्म दिने आईसके बेचु कि नबेचु अल्योलमा छु ।'' उनले थपे ''दिन दिनै यहाको जग्गाको मोल बढीरहको छ, अरु जग्गा धनीले प्रति धुर २० लाख मोल लगाउन थाली सके, अब १२ लाखमा बेच्नु त बेबकुफी हुन्छ होला ।'' केहि महिना अघि जग्गा बेच्ने छाटकाटमा रहेका यस क्षेत्रका केही जग्गाधनीहरुले हाल जग्गा बच्ने कार्यलाई थती राखेर मोल दिने गाह्रक कुरी रहेका छन् । अहिले विराटनगर बजार एरियापछि उक्त क्षेत्र नै दोस्रो मंहगो जग्गाको रुपमा स्थापीत भएको छ । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…