• उर्लाबारी, जेठ २

    सामाजिक संञ्जाल अनि युटुवहरुमा यतिबेला झापा दमकका बालगायक अशोक दर्जिको चर्चा शिखरमा छ । दर्जीको पहिलो गीत “मन बिनाको धन ठुलो कि धन बिनाको मन” ट्रेडिङको पहिलो नम्बर रहेको छ ।

    झापाको बेलडाँगी शिविर आसपासमा गीत गाएर हिड्ने उनको प्रतिभाले आम स्रोताको मन जित्न सफल भएका छन् । अशोक दर्जीलाई यो स्थानसम्म ल्याएको भनेर जसरी केहि मानिस अशोकसगै चर्चामा छन् त्यसको वास्तविकता भने केहि फरक रहेको छ । सडक पेटीमा केहि पैसाको लागि गीत गाउदै हिड्ने अशोकको लागी पहिलोपटक मोरङको उर्लाबारीमा उर्लाबारी फोकस टिभीले अशोक दर्जी प्रतिभा पहिचान कार्यक्रमको आयोजना गरेको थियो ।

    पत्रकार किशोर श्रेष्ठको पहलमा आयोजना गरिएको कार्यक्रममा पुर्वका पत्रकार र प्रायः सबै युटुव च्यानलहरुको सहभागिता रहेको थियो ।

    अशोकको प्रतिभालाई आम संगीत प्रेमीमाझ पुर्याउनु मात्र नभएर उसको भबिस्य निर्माण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको पत्रकार किशोर श्रेष्ठले बताए ।

    उक्त कार्यक्रमबाट नै अशोकको पठनपाठनको जिम्मा उर्लाबारी ७ मा रहेको बेथेल एजुकेसन एकेडेमीलाई दिइएको थियो । अशोकसगै उनका दुई बहिनीहरुलाई पनि १० कक्षासम्म निशुल्क पढाई दिने बेथेलका प्रेन्सिपल दिपक न्यौपानेले बाचा गरेपछि अशोकलाई बेथेलमा भर्ना गरेको पनि पत्रकार श्रेष्ठले बताएका छन् । काठमाडौं र झापाका केहि बिधालयले अशोकलाई पढाउने प्रस्ताव राखेको भएता पनि उर्लाबारीमा नै हुँदा रेखदेख गर्न सहज हुनेभएकाले उक्त बिधालयमा अशोकलाई भर्ना गरिएको थियो ।

    उर्लाबारी फोकस टिभी भन्दा अघि नयाँ नयाँ न्युज नेपाल र तातो तातो खबरले अशोकको अन्तर्वार्ता गरेको थियो । जसले गर्दा अशोकको चर्चा भएता पनि उनको सडक पेटिमा गीत गाउने दैनिकीमा भने कुनै परिवर्तन आएको थिएन । दमकका पत्रकार विनोद श्रेष्ठको सहयोगमा पहिलोपटक उर्लाबारी फोकसका लागी पत्रकार श्रेष्ठले अन्तर्वार्ता गरेका थिए । अशोकको पहिलो अन्तर्वार्ता फोकसमा छोटो समयमा नै लाखौं दर्शकले हेरेपछि र भिडियो मात्र खिच्नु भन्दा पनि सहयोग गर्न आएको प्रतिक्रियाले गर्दा प्रतिभा पहिचान कार्यक्रम गर्न प्रेरित भएका थिए पत्रकार किशोर श्रेष्ठ र बिबेक हिङमाङ । लाखौं दर्शकको माग पछि अशोकलाई सहयोग गर्ने उदेश्यले कार्यक्रम तय गरिएको थियो । उक्त कार्यक्रमका लागी कुरा गर्न अशोकको घर पुग्दा त्यहाँ देखिएको दृश्यले अझ मार्मिक बनाएको थियो पत्रकार श्रेष्ठ र हिङमाङ्लाई । अशोकसगै खोलाको किनारमा दयनीय अवस्थामा बसेर जिविको पार्जन गर्दै आएका अशोकको परिवालाई पनि केहि सहयोग पुर्याउनु सके कार्यक्रमले अझ सार्थकता पाउने सोचले गर्दा कार्यक्रममा पत्रकारलाई मात्रै नभएर समाजका समाजसेवी, बुद्धिजीवी, भद्रभलाद्मीहरुलाई पनि बोलाइएको थियो । अशोकको परिवारका लागी ५० हजार सहयोगको जुट्ने भएको छ । हङकङ बस्दै आएका उर्लाबारीका सचिन योन्जनले अशोकको परिवारलाई सहयोग गर्ने प्रतिबद्धता सोही कार्यक्रममा गरेका थिए ।

    अशोकका बुबाले छोराको भविस्य हजुरहरुको हातमा रहेको भन्दै केहि गर्दिन अनुरोध गरेको र हामीले उसको लागी प्रतिभा पहिचान कार्यक्रमको आयोजना गरेसँगै अशोक यो स्थानसम्म पुगेको पत्रकार श्रेष्ठले बताए । मिडियामा आउन ठुलो कुरा भएन अशोकका लागी कसले कति गर्यो झापा र मोरङका पत्रकारलाई स्पष्ट छ । बिधालय भर्ना गरेपछि दमकका डिजि रुपकले एउटा गीत रेकर्ड गर्न अशोकलाई ४ दिनका लागी काठमाडौं लैजाने अनुरोध पत्रकार श्रेष्ठ र बिधालयलाई गरेको थियो । उनले गरेको अनुरोध पछी पत्रकार श्रेष्ठले नै बिधालयसग कुरा गरेर अशोकलाई काठमाडौं लैजाने अनुमति दिएका थिए । तर जब डिजि रुपकले अशोकलाई काठमाडौं लगेर गीत रेकर्ड गराएर पछी मिडियाहरुका अन्तर्वार्ताहरुमा जस्तो किसिमका अभिव्यक्ति दिए त्यसले भने पत्रकार श्रेष्ठ रुष्ट बनेका छन् । अशोकलाई सडकबाट ल्याएर गीत रेकर्ड गराएको भन्ने डिजे रुपकको अभिव्यक्ति चित्तबुझ्दो नभएको उनले बताए । श्रेष्ठले भने यो त काम गर्ने कालु मकै खाने भालु भने जस्तो भएन र ? मार्मिक अन्तर्वार्ता दिदैमा मानिसको मन जित्न सकिएला तर वास्तविकत कहिले लुक्दैन ।

    अशोकको चर्चा शिखरमा रहेको बेला अन्य धेरै संगीत कर्मीहरुले अशोकसग गीत रेकर्ड गर्ने ईच्छा नदेखाएको हैनन तर डिजे रुपकको अनुरोध अस्वीकार गर्न नसकेको उनले बताए ।

    अहिले डिजे रुपक, बिधालयका प्रेन्सिपल दिपक न्यौपाने र गायक टंक बुढाथोकीले गर्दा अशोकको भविस्य बनेको, अशोकको भगवान भनेर सामाजिक संजाल, युटुव र पत्रपत्रिकाहरुमा जसरी उनिहरुको मात्रै एकोहोरो चर्चा परिचर्चा भैरहदा वास्तविक अभियान्ताहरु भने छायामा परेका छन् । पत्रकार श्रेष्ठ भन्छन्, मिडियामा आउनु मात्रै ठुलो कुरा हैन साचो मनले काम गर्ने हो जसले आत्मसन्तुष्टि दिन्छ । कार्यक्रम गर्नु अघि केहि दिन मेरो घरमा नै बस्यो अशोक, परिवारको सदस्य जस्तो बनेको छ । चनचले भएपनी माया लाग्दो छ, उसको लागी काम पाउदा खुशी लागेको छ । स्थानीय जतिले हाम्रो कार्यक्रम अनि हामिले गरेको कार्य देखेको छन् सबैले स्याबासी दिएका छन् यसले प्रेणा मिलेको छ । यो अभियानमा दमकका पत्रकार विनोद श्रेष्ठ, लोकनाथ रिजाल, अनिल लिम्बु, समाजसेवी पुर्ण वाइबा, ममता राणा लगायत धेरैको योगदान रहेको छ । पत्रकार श्रेष्ठले भने, मैले नै पहल गरेर भाईलाई संगीत सिक्न उर्लाबारीको बिहानी कलाकेन्द्रमा हालेको छु । सबै कुरा मिडियामा भन्दै हिडेर सस्तो लोकप्रियता कमाउन छैन तर कसैले झुटो कुरो गरेर अरुको कामलाई छायामा पार्न भने नमिल्ने पत्रकार श्रेष्ठले बताए ।

    https://www.youtube.com/watch?v=yMp3b-Ps1fo&feature=youtu.be

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…