• जेष्ठ २, २०७५ : मकालु एयरको जहाज हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको छ । जहाजमा सवार चालक किरण भट्टराई र सहचालक आदित्य नेपालीको मृत्यु भएको प्रहरी प्रमुख डिआइजी सुरेश शाहले जानकारी दिनुभयो । उनीहरुको शव हेलिकोप्टरबाट सुर्खेत ल्याईएको छ ।

    एजेयू–नाइन–एन कलसाइनको जहाज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेतबाट कार्गो सामान लिएर हुम्लाको सिमकोट उडेको थियो । दुर्घटनास्थल सिमकोटदेखि १० दशमलब ७ नटिकल माइल दक्षिण–पश्चिम राया र थालीको बीचमा पर्छ । डिआइजी शाहले जहाज तीन टुक्रा भएको अवस्थामा भेटिएको बताउनुभयो । जहाज हराएको सुचना पाउने बित्तिकै नेपाल प्रहरी र नेपाली सेनाको टोली खोजमा खटेको थियो ।

    बाजुरा, मुगु र हुम्ला प्रहरीले आ–आफ्नो क्षेत्रमा खोजी गरेका थिए । तर, स्थानीयले जहाज देखेको सुचना दिएपछि सिमकोटबाट नेपाल प्रहरीका असई, नागरिक उड्डयन प्राधिकरणका एकजना कर्मचारी र दुईजना मेडिकल सदस्य रहेको टोली त्यहाँ पुगेको थियो । टोलीले शव निकाल्न नसकेपछि सिमकोटबाट हेलिकोप्टरमा थप जनशक्ति लिएर हेलिकोप्तर त्यसतर्फ गएको थियो ।

    घटनास्थल समुद्री सतहदेखि १२ हजार ८ सय फिट उचाईमा अवस्थित छ । ९एन एजेयु कल साइन भएको सो जहाजमा क्याप्टेन किरण भट्टराई र को–पाइलट आदित्य नेपाली मात्र सवार छन् । सुर्खेतबाट उद्दारका लागि गएको हेलिकप्टरमा सवार अधिकारीले बाजुरामा भेटिएको अनुमान गर्दै खोजी सोही क्षेत्र केन्द्रित गरेका थिए । बाजुराका प्रमुख जिल्ला अधिकारी चेतनाथ बरालले हुम्लाको अदानचुली–५ हिलाचौरमा भेटिएको अनुमान गर्नुभएको थियो ।

    आज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको सो जहाज केहीबेर पछि नै सम्पर्कबिहीन भएको थियो । सो जहाज ६ बजेर ५५ मिनेटमा सिमकोट अवतरण गर्नुपर्ने थियो । सिंगल इन्जिन भएको सो जहाज सुर्खेतबाट कार्गो लोड गरेर हुम्ला सदरमुकाम सिमकोटका लागि उडेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…