•  अर्जुनधारा (झापा) । सामुदायिक विद्यालयमा क्रियाशील बाल क्लबको भेलाले अर्जुनधारा नगरपालिका स्तरीय बाल क्लब सञ्जाल गठन गरेको छ । 
    अर्जुनधारा नगरपालिकाको शिक्षा शाखाले बुधवार शनिश्चरेमा आयोजित एक कार्यक्रमकाबीच निशा कुइँकेलको अध्यक्षतामा १५ सदस्यी नगर सञ्जाल गठन गरिएको हो । 
    कुइँकेल कालिस्थान माविकी विद्यार्थी हुन् । यसैगरी समितिको उपाध्यक्षमा लक्ष्मी माविकी अनुशा तिम्सिना, सचिवमा भानु माविका भिषण राई, सहसचिवमा शनिश्चिरे माविकी एलिजा गड्तौला र कोषाध्यक्षमा सरद चन्द्र आचार्य चयन भएका छन् । 
    सदस्यहरुमा नारायण न्यौपाने (अर्जुनधारा मावि), निशान्त सुवेदी (सिंहदेवी मावि), अभिषेश गुरुङ (महारानीगञ्ज मावि), विशेष कटुवाल, अनिल भट्टराई (गणेश आधारभूत विद्यालय), यमुना पोखरेल (भिमले आधारभूत) र अनिशा खवास (कञ्चनवारी आधारभूत) चयन भएका छन् । यसैगरी संरक्षक सदस्यहरुमा नगर शिक्षा अधिकृत जानुका गुरागाई, लक्ष्मी माविका सहायक प्रधानाध्यापक घनश्याम डाँगी र कालिस्थान माविकी शिक्षक गंगा पोखरेल चयन भएका छन् । 
    सञ्जाल गठनको सहजीकरण बालकल्याण मावि मेचीनगरका शिक्षक देबु बानियाँले गरेका थिए । 
    शनिश्चरे बाल क्लबका अध्यक्ष सञ्जिव आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनधारा नगर कार्यपालिका शिक्षा शाखाका प्रमुख
     जानुका गुरागाई, सामाजिक विकास संयोजक दिलिप गुरुङ, बालकल्याण माविका शिक्षक देबु बानियाँ, बालकल्याण बाल क्लबकी अध्यक्ष गौरी गिरी, शनिश्चरे माविका प्रधानाध्यापक भैरवप्रसाद पौडेल, प्याव्सन अर्जुनधाराका अध्यक्ष रुद्र सिटौला, सिंहदेवी माविका शिक्षक भेषराज खनाल, नवनिर्वाचित अध्यक्ष निशा कुइँकेललगायतले बोलेका थिए । 
    सरिता सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन भिषण राईले गरेका थिए । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…