• तुलसीपुर । तुलसीपुर नगर जेसिजका ८७ जना युवाले रगत दान गर्ने भएका छन् । जेसिजको सप्ताहाव्यापी कार्यक्रम अन्तरगत राप्ती अञ्चल अस्पतालमा बुधवार एक कार्यक्रमको आयोजना गरि ८७ जना युवाहरुले आवश्यक्ता परेको खण्डमा जतिबेला पनि रगत दान गर्ने जानकारी दिइएको हो ।
     तुलसीपुर नगर जेसिजका अध्यक्ष दिपेश भण्डारीको अध्यक्षता र राप्ती अञ्चल विकास समितिका अध्यक्ष विष्णुकुमार देवकोटाको प्रमुख आथित्यमा भएको उक्त कार्यक्रम भएको थियो । ‘ अस्पतालमा रगतको अभाव हुन नपावस भनेर जेसिजले गरेको कार्य निकै प्रसंशनिय र उदाहरणिय छ ।’ प्रमुख अतिथि देवकोटाले भने । उनले अस्पतालमा डायलासिस सेवा सुरु भएको महिना दिन समेत नपुगेको जानकारी दिदै पहिलो दिनमै रगतको अभावको समस्या झेल्नु परेको बताए ।
    उक्त कार्यक्रमलाई सम्वोधन गर्दै जेसिजका वरिष्ठ सल्लाहकार कुशल तर्तालले साप्ताहिक कार्यक्रम अन्तरगत तुलसीपुर नगर जेसिजले एउटा सामुदायिक विद्यालयलाई अंग्रेजी विषयका एकजना शिक्षक वर्ष दिनका लागि निशुल्क उपलब्ध गराउन लागेको, खानेपानीको मुहान संरक्षण र सरसफाई, छात्रवृत्ती वितरण, ट्राफिक सचेतना अभिबृद्धि जस्ता कार्य गर्न लागिएको जानकारी दिए । कार्यक्रमलाई कार्यक्रमका मुल संयोजक मानबहादुर बस्नेतले सामाजिक उत्तर दायित्व वहन गर्दै तुलसीपुर नगर जेसिजले मानव कल्याणको सुरुवात गरेको बताए ।

    तुलसीपुर नगर जेसिजका पूर्व अध्यक्ष विमल पौडेल र झरेन्द्र खरेलले जेसिजको साप्ताहिक कार्यक्रम अन्तरगत नगर जेसिजले ‘रक्त दान जीवन दान’ भन्ने मान्यताका साथ अस्पतालमा रगतको अभाव हुन नदिनका लागि ९१ जना युवाहरुको व्लड ग्रुप विभाजन गरि नाम लिष्ट र सम्पर्क नम्वर अस्पताल प्रशासनलाई बुझाएको बताएका थिए । बुधवारका कार्यक्रम संयोजक मोतिराम भुसालको स्वागत मनतव्यवाट सुरु भएको कार्यक्रमकको सहजीकरण नगर जेसिजका महासचिव नारायण भट्टराईले गरेका थिए ।

    महासचिव भट्टराईले अस्पतालको कालिका देवी रक्त सञ्चार केन्द्रमा आयोजित कार्यक्रममा ‘ए’ नेगेटिभ रगत सहुमका एकजना, ‘व’ नेगेटिभका दुईजना, ‘एबी’ नेगेटिभका एकजना, ‘बी’ नेगेटिभ रगत समुहका भएका एकजनासहित ९१ जनाको नाम लिष्ट बुझाएको हो । बुझाइएको नाम लिष्टमा ‘ए’ पोजेटिभ रक्त समुहका १६ जना, ‘एबी’ पोजिटिभका ६ जना, ‘ओ’ पोजेटिभ ३० जना र ‘बी’ पोजेटिभ ३४ जना गरि कुल ९१ जनाको नाम लिष्ट र सम्पर्क नम्वर व्लड वैंकमा बुझाइएको जानकारी दिए ।

    २० यूनिट मात्रै रगत भण्डारण गर्न सक्ने क्षमता

    यसैबीच कालिका देवी रक्त रञ्चारक केन्द्रकी इञ्चार्ज सितम रेग्मीले अञ्चल अस्पतालसंग २० यूनिट भन्दा बढी रगत भण्डारण गर्न सक्ने क्षमता नरहेको बताइन । ‘हामीसंग अहिले २० यूनिट मात्रै व्लड राख्न सक्ने फ्रिज छ । एकै पटक बढी रगत दान भएपनि त्यो खेर जाने अवस्था छ ।’ रेग्मीले भनिन् ।

    जेसिजका ९१ जनाले रक्तदान गर्दा ९१ यूनिट रगत अस्पतालमा प्राप्त हुने भएको हुँदा आवयक्ता परेमा तल्काल बोलाउने सर्तमा हाललाई नाम लिष्ट मात्रै मागिएको उनले बताइन । ‘ लिष्ट बुझाउँदा उहाँहरुले आवश्यक्ता पर्दा दिन रात जतिबेला पनि आउँछौं भन्नु भएको छ ।’ रेग्मीले भनिन् । उनले ३५ दिन भन्दा बढी समय रगत भण्डारण गर्न नमिल्ने तथा त्यसपछि रगत काम नलाग्ने हुने हुँदा एकै पटक धेरै रगत दान गर्नु भन्दा बचाएर राख्नु राम्रो हुने बताइन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…