• उर्लाबारी । उर्लाबारी ९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले निम्न परिवारका १० जना विद्यार्थीको पठन पाठनको लागि शुक्रवार छात्रबृत्ति उपलब्ध गराउने भएका छन् ।  स्थानीय प्रभात निमाविमा कक्षा १ देखि ८ कक्षा सम्म अध्ययरत १० जना विद्यार्थीलाई छात्रबृत्ति स्वरुप श्रेष्ठले लत्ताकपडा,स्टेसनरी,ब्याग,जुत्ता तथा पठन पाठनमा लाग्ने खर्च सहयोग गर्दैछन् । छात्रबृत्तिका लागि नाम छनौट विद्यार्थीको लागि नयाँ पोसाक तथा आवश्यक समाग्री खरिद गरेको प्रअ मोहन चापागाईले बताए । चापागाईको अनुसार अभिभावक भेलाका साथ छात्रबृत्ति हस्तान्तरण कार्यक्रम गरिने छ । 
    यसरी छात्रबृत्ति पाउन विद्यार्थीमा गोपाल थापा,स्नेहा श्रेष्ठ,भुमिका खतिवडा,ओसिन मारापाँचे,अंकित श्रेष्ठ,सुमित लिम्बू,पूर्णमाया खड्का,सजना लिम्बू,सुविना लिम्बू र नैनकला अधिकारी छन् । 


    पढ्न मन भएकाहरु पढाईबाट बन्चित नहुन  भनेर सहयोग गर्न लागेको सुन्दर श्रेष्ठले बताएका छन् । आफुले उनीहरुको अभिभावकत्व गर्दै सहयोग गर्ने घोषणा गरेको र सोहि अनुरुप सहयोग गर्न लागेको श्रेष्ठले बताए । श्रेष्ठ भन्छन्,सानोमा निक्कै कष्ट थियो हाम्रो बेलामा पढ्न, आगामि दिनमा उनीहरुले पढेर प्रगती गरे भने अझै सहयोग गर्नेछु । केहि दिन अघि श्रेष्ठले विद्यार्थीको लागि वालउद्यानका समाग्री पनि सहयोग गरेका थिए । श्रेष्ठले यसअघि विद्यालयमा मञ्च बनाइनुदिनुका साथै विद्यालयमा पर्खाल निर्माण र रंगरोगनमा गरिदिएका थिए । श्रेष्ठ विद्यालयका पूर्व विद्यार्थी हुन् । 
     

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…