•  काठमाडौं । नेपाली फुटबलमा देखिएको विवादको कारण ठप्प रहेको शहीद स्मृति ए डिभिजन लिग फुटबल असोज १३ देखि पुनः सुरु हुने भएको छ ।

    लामो समयपछि आयोजना हुन लागेको यस लिगमा कुल १४ क्लबले सहभागिता जनाउने बुधबार जानकारी दिइएको छ । बढिमा ४ वैदेशिक खेलाडि सहित हरेक टोलीले कम्तीमा १८ र अधिकतम ३५ खेलाडि अनुबन्धन गर्न पाउने नियम पनि बनाइएको छ । 

    अखिल नेपाल फुटबल संघ ९एन्फा० को नवनिर्वाचित कार्यसमितिले ए डिभिजनको मिति तोक्ने जिम्मेवारी विज्ञानराज शर्माको अध्यक्षता रहेको लिग आयोजना कमिटिलाई दिएको थियो । सो कमिटिले लिग फुटबलबारे गरेको गृहकार्यबाट असोज ३ बाट लिग सुरु भइ माघ १६ सम्म संचालन गर्न उपयुक्त भएको निष्कर्ष निकालेको केन्द्रीय उपाध्यक्ष पंकजविक्रम नेम्बाङले जानकारी दिनु भयो ।  

    लिगमा थ्रि स्टार क्लब, मनाङ मस्र्याङदी क्लब, हिमालयन क्लबको सहभागिता निश्चीत भइसकेको छ । त्यस्तैगरी विभागिय टोलीहरु नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब र शसस्त्र प्रहरी बलको टोली पनि सहभागि हुने पक्का भइसक्यो । लिगमा सहभागि हुने अन्य टोलीमा जावलाखेल युथ क्लब, फ्रेन्डस क्लब, संकटा क्लब, मछिन्द्र क्लब, सरस्वती युवा क्लब, च्यासल युवा क्लब, ब्रिगेड व्वाइज र न्यु रोड टिम छन् । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…