मोरङ । पूर्वी मोरङका पत्रकारहरुको साझा संस्था सञ्चार क्लब नेपाललाई २५ लाख रुपैयाँ बराबरको ५ कट्ठा जग्गा निशुल्क प्राप्त भएको छ ।
उर्लाबारी–६ का जंगबहादुर कार्की, बृद्धिसिंह तामाङ र ज्ञानु बास्कोटाले क्लबको भवन निर्माणका लागि सहयोग गरेका हुन् ।
उर्लाबारी नगरपालिका वडा नं। ६ का वडाध्यक्ष चिन्तामणि पौडेलको रोहवरमा क्लबका अध्यक्ष सरोज बस्नेतलाई बुधबार जग्गा प्रदानको सहमति पत्र हस्तान्तरण गरेका छन् ।
उर्लाबारी नगरपालिकाको बस पार्क निर्माण स्थल नजिकै रहेको उक्त जग्गामा निकट भबिष्यमा सुविधासम्पन्न भवन निमार्ण गर्ने लक्ष्य रहेको पूर्वअध्यक्ष घनश्याम भण्डारीले बताएका छन् ।