नेपाल कम्युनिस्ट पार्टी’ निर्वाचन अयोगमा दर्ता नहुने भएको छ । विधिवत रुपमा यसअघि नै आयोगमा दर्ता भएका पार्टी पुनः त्यही नाम र चुनाव चिन्हमा दर्ता हुन नसक्ने निर्वाचन आयोगका सहप्रवक्ता उपसचिव मुकुन्द शर्माले जानकारी दिए ।
उनले एउटै नाम र चुनाव चिन्ह भएका एक भन्दा बढी पार्टी संबैधानिक व्यवस्था अनुसार पनि आयोगमा दर्ता नहुने बताए । निर्वाचन आयोगमा ऋषि कट्टेल नेतृत्वको ‘नेपाल कम्युनिस्ट पार्टी’ दर्ता भइसकेको छ । नेपालका दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्र आज नेपाल कम्युनिस्ट पार्टी’ नाममा एक हुने भएका छन् ।
माओवादी नेता वर्षमान पुन अनन्तका अनुसार आज दिउँसो ३ बजे ‘नेपाल कम्युनिस्ट पार्टी’ नाम राखेर निर्वाचन आयोगमा दल दर्ता हुँदैछ ।