उर्लाबारी । लोकतान्त्रिक पक्षधर पत्रकारहरुको सँगठन नेपाल प्रेस युनियनले आज मोरङको उर्लाबारी नगर कमिटि गठन गरेको छ । युनियनले पत्रकार रूपेन्द्र शेर्माको अध्यक्षतामा नौ सदस्यीय उर्लाबारी नगर कमिटि गरेको हो ।
जसको उपाध्यक्षमा हरि कोइराला, सचिवमा मदनबाबु प्रसाई, कोषाध्यक्षमा किशोरकुमार श्रेष्ठ तथा सदस्यहरुमा गोपाल काफ्ले, तेजन खड्का, भानु गिरी, मनोज खतिवडा र विवेक हिङमाङ रहनुभएको छ । त्यसैगरी युनियनको नगर कमिटि सल्लाहकारमा डिपी खतिवडा रहनुभएको छ ।