• देबु बानियाँ
    काँकरभिट्टा । एकपछि अर्काे नाटक मञ्चन गर्दै आएको काँकरभिट्टास्थित परिवर्तन थिएटरले शुक्रवारदेखि ‘राजाको नयाँ लुगा’ मञ्चन गर्ने भएको छ । तीन दिनसम्म मचन हुने उक्त नाटकलाई युवा रंगकर्मी सागर खातीले निर्देशन गर्दैछन् ।
    प्रसिद्ध डेनिस लेखक हान्स क्रिश्चयन एन्डरसनको कथा ‘द इम्पेरियर्स न्यू क्लोथ’ को नेपाली रुपान्तरण हो ‘राजाको नयाँ लुगा’ ।
    खाती काठमाडौको मण्डला थिएटरका उत्पादन हुन् । उनले मण्डलामा सिकेको शिपलाई आफ्नै क्षेत्रमा प्रयोग गर्ने प्रयत्न गरेको बताए ।
    थिएटरकै नाटक घरमा मचन हुने उक्त नाटकमा विभिन्न वाल कलाकारहरुको प्रस्तुती रहने छ । आयुष खतिवडाले नाटकमा मुख्य भूमिका निर्वाह गर्ने छन् । उनीसंगै मनिषा, सुष्मा, सजिता, सोनिया, क्रिसला, कोपिला, निर्मल, मृदुल, आफ्रिन, सम्झना, कल्पना, विराज, अभिषेक, पूजा र गणेशको अभिनय हेर्न सकिने छ ।
    परिवर्तन थिएटरकी अध्यक्ष कविता नेपालले झापामै पहिलो पटक नाटक घर स्थापना गरेरै नियमित नाटक प्रदर्शन शुरु गरिएको बताइन् । यसअघि थिएटरले ‘सुनामी’ नामक एकल नाटक प्रदर्शन गरेको थियो । यसमा सुष्मा पोख्रेलले अभिभनय गरेकी थिइन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…