• झापा । गौरादह जेसिजले आज शैक्षिक सामाग्री वितरण तथा स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
    झापा गौरादह नगरपालिका वार्ड नम्मर २ सरस्वति आधारभुत विद्यालयमा सम्पन्न सो कार्यक्रममा विद्यालयका सम्पुर्ण विद्यार्थीहरुलाई स्कुलब्याग सहित शैक्षिक सामग्री वितरण गरिएको हो ।

    सोही कार्यक्रममा विद्यालयमा अध्धयनरत ७५जना विद्यार्थीहरुलाई डा।मनिसा अधिकारी९भुजेल० ले विश्व स्वास्थ्य संगठनको नियम अनुसार हात धुने तरिका सिकाएकी थिइन् । कार्यक्रममा विद्यार्थीहरुलाई ब्याक्तिगत स्वास्थ्यमा ध्यान दिनुपर्ने विषयमा समेत अभिमुखिकरण गरिएको गौरादह जेसिज बर्ष २०१८का संचार संयोजक रिजेस खड्काले बताए । सामुदायिक विद्यालयमा अध्यनरत विपन्न्न परिवारका विद्यार्थीहरु पुस्तक तथा पाठ्य सामग्री राख्ने झोला नहँुदा हातैमा किताब कापी बोकेर विद्यालय आउने भएकाले विद्यार्थीको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुगोस भनेर व्याग वितरण गरिएको गौरादह जेसिजका अध्यक्ष राजु घिमिरेले बताए ।

    विद्यार्थीहरुलाई आवस्यक कापी, पेन्सिल र ब्याग वितरण गर्नुका साथै हात धुन लाइफब्वाइ साबुन समेत वितरण गरेको थियो । गौरादह जेसिजले प्रत्येक बर्षे शैक्षिक सामाग्री वितरण कार्यक्रम गर्दै आएको बताइएको छ । यस कार्यक्रमका लागी गौरादह निवासी बरिष्ठ प्रहरी उपरिक्षक किसोर कुमार दाहालले सामग्रीहरु सौजन्य गरेका थिए ।
    विद्यार्थीको प्रतिभा पहिचान बाट सुभारम्भ भएको सो कार्यक्रममा गौरादह जेसिज वर्ष २०१८का उपाध्यक्ष विनोद चुडालले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए भने, गौरादह जेसिज वर्ष २०१८का संचार संयोजक जेसि रिजेस खड्काले जेसिज आस्था पाठ गरि औपचारिक कार्यक्रमको शुरु गरिएको थियो ।
    गौरादह जेसिज वर्ष २०१८का अध्यक्ष जेसी राजु घिमिरे को सभापतित्वमा सम्पन्न कार्यक्रम वार्ड नं २का वडाध्यक्ष हेमन्त कार्की को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। त्यस अवसरमा विद्यालयका प्रधानाध्यापक याम बहादुर कार्की, विद्यालय व्यवस्थापनका सदस्य देवि दाहाल लगायत ले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको संचालन जेसिज गौरादहका सचिव सुमन दाहालले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…