•  

     काठमाडौं ।

    किरात राई विद्यार्थी संघ यालाखोप राज्य समितिले १ नम्बर प्रदेशलाई किरात प्रदेश नामकरणको लागि दवाव अभिायान शुरू गरेको छ । आज(जेठ ५ गते) संघको केन्द्रीय कार्यालय कोटेश्वर काठमाडौंमा ‘प्रदेश नम्बर १ किरात प्रदेश’ तथा प्रदेशको नक्सा भएको टि—सर्ट सार्वजनिक गरी अभियानको उद्घाटन भएको हो ।

    संघका यालाखोम समितिका अध्यक्ष जितेन राईको सभापतित्वमा भएको कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय कार्यवाहक अध्यक्ष दिवस राई, किरात राई विद्यार्थी संघकी केन्द्रीय अध्यक्ष विर्सिका राई, निवर्तमान अध्यक्ष अर्जुन जम्नेली राई, पारूहाङ आवस कम्पनीको तर्फबाट डेकिन्द्रकुमार राई लगायतले बोलेका थिए ।

    कार्यक्रमको प्रमुख अथिति समेत रहेका यायोक्खा केन्द्रीय कावा अध्यक्ष दिवस राईले १ नम्बर प्रदेशको नाम किरात राख्न संयौ अभियान मध्ये विद्यार्थीले चलाएको प्रचार अभियान प्रभावकारी र प्रसंशा योग्य भएको बताए । वक्ता अर्जुन जम्नेली राईले किरात नामकरणको लागि प्रमुख दलका नेतादेखि सामाजिक राजनीतिप्रति चासो प्राय सवैलाई जनकारी गराइएको बताए ।

    १ नम्बर प्रदेश भूगोल, सभ्यता र इतिहास भएको जनकारी हुदाहुदै नियत बस किरात नामकरण नभए उक्त भूगोलमा कडा आन्दोलन चर्किने चेतवनी दिए । किरावि संघ यालाखोम समितिले ‘प्रदेश नम्बर १ किरात प्रदेश’ उल्लेख भएको ठूला ठूला होडिङ बोर्डहरू समेत बनाएका छन् । उक्त बोर्डहरू सार्वजनिक कार्यक्रमहरूमा प्रदर्शन गर्नुको साथै प्रदेशको विभिन्न स्थानमा राखिने अध्यक्ष जितेन राईले बताए । तीन सय रूपैया मूल्य राखिएको सेतो रंगको टिर्सट व्यपक रूपमा वितरण गरिने संघको यालाखोम समिति सचिव रविन राईले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…