उदयपुर । उदयपुरमा जारी पाँचौं रमपम गोल्ड कप २०७५ प्रतियोगितामा उपाधि लालितपुरको रुस्लान थ्री स्टार क्लबले जितेको छ । मनाङ मस्र्याङ्दीक्लवलाई १—० गोल अन्तरले पछि पार्दै थ्रिस्टारले उपाधि जितेको हो । खेलको १९ औं मिनेटमा अजय मार्टिनले गरेको गोल नै उपाधिका लागि प्रर्याप्त बन्यो ।
उपाधिसँगै रुस्लान थ्री स्टारले नगद ५ लाख ट्रफि पाएको छ । उपविजेता मस्र्याङ्दीले ३ लाख ५० हजार र ट्रफिमा चित्त बुझाएको छ ।