• मेचीनगर । सनसाइन महिला फुटबल क्लबको आयोजनामा शनिवारदेखि जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता सुरु भएको छ ।
    ज्यामिरगढी माविको खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजक सनसाइन महिला फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।
    जलथल महिला फुटबल क्लबलाई २–० को गोल अन्तरले हराउँदै आयोजकले सहज जित निकालेको हो ।
    खेलको १७ औँ मिनेटमा आयोजककी सम्झना लावतीले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । उनले आफ्नो एकल प्रयासमा वान भर्सेस वान गोल गरेकी थिइन् । यसैगरी खेलको इन्जुरी समयमा रोमा भुजेलले टिमका लागि अर्काे गोल गर्दै जित निश्चित बनाएकी थिइन् ।
    खेलको अधिकांश समय आयोजकले जलथल फुटबल टिमलाई कब्जामा राखेको थियो । आयोजकले पाएका थुप्रै अवसरहरुलाई जलथलकी गोलरक्षकले विफल बनाएकी थिइन् भने जलथलले खासै राम्रो प्रर्दशन गर्न नसक्दा पहिलो खेलबाटै घर फर्कन बाध्य भएको थियो । खेलको वुमन अफ द म्याच आयोजककी रोमा भुजेल भएकी थिइन् ।
    आइतवारको खेल कनकाइ स्र्पोटिङ क्लब र पारिजात महिला फुटबल क्लब अर्जुनधाराबीच हुने आयोजकले जनाएको छ ।प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले गरेका थिए ।
    आयोजक क्लबकी अध्यक्ष अस्मिता खवासको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपमेयर मिना उप्रेती, जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आलेले बोलेका थिए ।
    कार्यक्रममा मेचीनगर १५ का वडा अध्यक्ष राजन भट्टराई, वडा नम्बर १४ का अध्यक्ष शंकर पोखरेल, समाजसेवी ताराविर कटुवाल, जिल्ला फुटबल संघका महासचिव ताराविर कटुवाल, काँकरभिट्टा भेट्रान क्लबका अध्यक्ष गंगालाल गुरुङ, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष मिन बस्नेत, आयोजक क्लबका आर्थिक समितिका संयोजक रविन बस्नेत, नेकपा एमाले मेचीनगर १५ का अध्यक्ष चेतन विष्ट, युवा संघ मेचीनगरका अध्यक्ष सरोज मेहरालगायतको सहभागिता रहेको थियो । उपाध्यक्ष छविलाल भुजेलले स्वागत गरेको उद्घाटन कार्यक्रमको सञ्चालन सचिव अशोक सिवाकोटीले गरेका थिए ।
    प्रतियोगिताका लागि मेचीनगर १५ वडा समितिले २ लाख र मेचीनगर नगरपालिकाले नगद १ लाख आर्थिक सहयोग गरेका छन् ।
    १२ गते हुने फाइनल खेलमा जिल्लाका ८ वटा टिमले सहभागिता जनाएका छन् । विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले नगद ३० हजार प्राप्त गर्नेछन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…