• बाहुनडाँगी । बाहुनडाँगी जेसीजको आयोजनामा एक दिने पार्लेमेन्ट्री प्रोस्युडर तालिम सम्पन्न भएको छ ।
    नेपाल जेसीजको सहयोगमा सम्पन्न तालिममा मेचीनगरका ५ वटा शाखाका पदाधिकारीसहित ७० जनाको सहभागिता तालिम संयोजक देबु बानियाँले बताए ।
    नेपाल जेसीजका प्रशिक्षक राजाबाबु शाहले दिएको तालिममा कुनै पनि संस्था सञ्चालनका लागि आवश्यक प्रक्रिया र त्यसका चुनौतीहरुका बारेमा सहभागिलाई प्रशिक्षण गराइएको थियो ।
    मल्टिचेप्टर तालिमका रुपमा रहेको उक्त तालिममा आयोजक बाहुनडाँगी जेसीज, धुलावारी जेसीज, मेचीनगर लेडी जेसीज र बुधवारे जेसीजका पदाधिकारीहरुको सहभागिता रहेको थयो ।
    यसैगरी सोही अवसरमा जेसीजमा नयाँ सदस्यता लिएका ३० जना सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको थियो । उनीहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।
    बाहुनडाँगी जेसीजका अध्यक्ष जीवन दर्जीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रशिक्षक राजाबाबु शाह, बाहुनडाँगी जेसीजका संस्थापक नविन बराल, पूर्व अध्यक्ष बद्री निरौला, धुलावारी जेसीजका अध्यक्ष नारायण खनाल, बाहुनडाँगी युवा क्लबका अध्यक्ष पोशक दर्जी, मेचीनगर लेडी जेसीजकी अध्यक्ष सुनिता पनेरु, बुधवारे जेसीजका अध्यक्ष प्रकाश भण्डारी, सरस्वती माविका अध्यक्ष अनुप कार्कीलगायतले बोलेका थिए ।
    तालिम संयोजक तथा कार्यक्रम संयोजक देबु बानियाँले स्वागत गरेको कार्यक्रमको आस्था पाठ कार्यकारी उपाध्यक्ष राजेश थापा र सञ्चालन महासचिव सागर कार्कीले गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…