• देबु बानियाँ
    परासी । रामग्राम जेसीज नवलपरासीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
    जिल्ला रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सम्पन्न रक्तदानमा २० जनाले रक्तदान गरेका थिए ।
    जेसीजको आस्था मानवताको सेवा नै जीवनको सर्वाेतम कार्य भन्ने मूल नारालाई आत्मासात गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
    रामग्राम जेसीजका अध्यक्ष मुक्तिप्रसाद पौडेलेका सभापतित्व तथा रामग्राम नगरपालिकाकी उपमेयर रम्बा कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रामनगर जेसीजका अध्यक्ष भोजराज चापागाई, महासचिव हिमा न्यौपाने, रामनगर जेसीजकी महासचिव शर्मिला चौधरी, रामग्राम जेसीजका पूर्व अध्यक्षहरु शिवकुमार खड्का, सुरज पाण्डे, पुरुषोत्तम ढकाल, विरेन्द्र अग्रहरी, निवर्तमान अध्यक्ष सञ्जयकुमार पाठक, नागरिक समाजका अध्यक्ष शम्भू उपाध्यय उपभोक्त हकहित संरक्षण मञ्चका अध्यक्ष रामजी ज्ञवाली, पृथ्वीचन्द्र अस्पताल सन्तोष श्रीवास्तवलगायतको सहभागिता रहेको थियो ।
    कार्यक्रम संयोजक विर्जेस अग्रहरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव उर्मिला अग्रहरीले गरेकी थिइन् ।
    स्मरण रहोस वर्ष २०१८ का राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालको मातृ शाखा यहि हो । बस्याल वर्ष २०११ का अध्यक्ष हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…