• देबु बानियाँ
    सुर्खेत । आफ्नो निरुपित शाखाहरुको अवलोकनका क्रममा सुर्र्खेत पुग्नु भएका नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष एवम् सो क्षेत्रका निरुपित उपाध्यक्ष विजय घिमिरेलाई भव्य स्वागत गरिएको छ ।
    नेपाल जेसीजका कार्यक्रम अनुसार शाखा भ्रमणको क्रममा शनिवार सुर्खेत पुग्नु भएका घिमिरेलाई सुर्खेत लेडी जेसीज र वीरेन्द्रनगर जुनियर जेसीजको सयुक्त आयोजनामा स्वागत गरिएको हो ।
    उपाध्यक्ष घिमिरेसहित त्रिभूवननगर जेसीजका अध्यक्ष लालमणी भण्डारी पनि सर्खुेत पुग्नु भएको थियो ।
    बिरेन्द्रनगरस्थित जेसीजको सचिवालयमा आयोजित कार्यक्रममा उपाध्यक्ष घिमिरेलाई स्वागत गरिएको हो । निरुपित उपाध्यक्ष घिमिरेको शाखा भ्रमणले शाखालाई थप उत्साहित बनाएको सुर्खेत लेडी जेसीजकी अध्यक्ष कृति गुभाजु शाक्यले बताउनु भयो ।
    यस अघि उपाध्यक्ष घिमिरेले लमही जेसीज, त्रिभूवन नगर जेसीज, दाङ महिला जेसीज, तुलसीपुर जेसीज र साथै प्रास्तवित सल्यान जेसीजको च्याप्टर भिजिट सम्पन्न गरिसक्नु भएको छ । वीरेन्द्रनगर, नेपालगञ्ज, कोहलपुर, दैलेख, कर्णाली, टिकापुर र नारायणपुर जेसीज र प्रस्तावित शिवराज जेसीज शाखाको भ्रमण गर्न बाँकी रहेको छ । बाँकी रहेका यी शाखा भ्रमण जेठ १० गते भित्र सम्पन्न हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…