• काभ्रे । भकुण्डेबेसी जेसीज काभ्रेले यस बर्ष आफ्नो नियमित कार्य योजनाको रुपमा राखेको “बाताबरणमैत्री नमोबुद्ध नगर निर्माण” का लागि गरिरहेका कार्यक्रम मध्ये तेस्रो कार्यक्रमका रुपमा “वातावरणमैत्री नमोबुद्ध नगर निर्माणमा सरोकारवालाहरुको भूमिका, चुनौती ,समस्या र समाधानका उपायहरु” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
    जनक मा बि का पूर्ब बिद्यार्थीहरुको संस्था जनक एलुम्नाई एसोसिएसनसँंगको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा वातावरण बिभाग, इसिमोड, इसिआरसि , नगरपालीका लगायतको बिज्ञहरुको प्रस्तुतीकरण रहेको थियो । कार्यक्रममा बिषयबस्तु अनुसार वातावरणमैत्री नगरका लागि आवश्यक सरोकारवालाहरुको भूमिका , अन्य क्षेत्रको सरोकार तथा चुनौती समस्या र समाधानका उपायबारे सचेतना, उत्पे्ररणा , भए गरेका काम , बैकल्पिक उपायहरुबारे अन्तरक्रिया गरिएको भकुण्डेबेसी जेसीजकी अध्यक्ष रुकमणी सिग्देलले बताउनु भयो ।
    टिप्पणीकारका टिप्पणी र सहभागिका जिज्ञासाहरुको समाधान विज्ञहरुबाट गरिएको थियो । निचोड स्वरुप नमोबुद्ध नगरको हाल बिकराल समस्याको रुपमा रहेको ईंटा भट्टाको उचित ब्यवस्थापन तथा बालुवा खानी, क्रसर, डिप बोरिङ्ग लगायतका आम वातावरणीय प्रदुषणको समस्या समाधानका लागि नगरपालीकालाई सुभाmव प्रश्तुत गरिएको छ ।
    आगामी जेठ २२ गते वातावरण दिवसको उपलक्षमा वृक्षारोपण सहित ¥यालीको आयोजना गरि हस्ताक्षर समेत संकलन गर्ने र नगरपालिकामा गई ज्ञापनपत्र बुझाउने कार्यक्रम चौंथो कार्यक्रमका रुपमा रेहेको छ ।
    जेसिजको कार्यक्रमलाई दीर्घकालीन फलदायी र समुदायमुखी बनाउनु पर्ने नेपाल जेसीजको बदलिंदो अवधारणा र दिगो बिकास लक्ष्य हासिल गर्न नेपालको प्रतिवद्धतालाई सहयोग गर्न नेपाल जेसीजबाट लिइएको नीतिअनुरुप यस्तो कार्यक्रमको शुरुवात गरिएको हो ।
    “बाताबरणमैत्री नमोबुद्ध नगर निर्माण”प्रकरण अन्तरगत पहिलो कार्यक्रमको रुपमा गत माघ १३ गते बक्तृत्वकला प्रतियोगिता गत बैशाख ५ गते नगर सरसफाई र ¥याली आयोजना गरिएको थियो । नमोबुद्ध नगरका आम वातावरणीय समस्याको समाधानकालागि सुधारात्मक भूमीकामा यो कार्यक्रम निरन्तर रुपमा जेसीजको दीर्घकालीन कार्यक्रमका रुपमा रहनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…