ज्यामिरगढी । प्रथम सनसाइन जिल्लास्तरीय महिला फुटबल प्रतियोगिता अन्र्तगत सोमबारको खेलमा झापा गाउँपालिका विजयी भएको छ ।
ज्यामिरगढी माविको खेल मैदानमा जारी प्रतियोगिता अन्र्तगत तेस्रो दिनको खेलमा झापा विजयी भएको हो ।
उसले प्रतिष्पर्धी बाह्रदशी गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गरेको थियो । विजयी टिमका तर्फबाट खेलको पहिलो हाफको अन्तिम समयमा जर्सी नम्बर ७ की खेलाडी मेनुका न्यौपानेले गोल गरेकी हुन् ।
सो खेलको वुमन अफ दी म्याच घोषित विजयी टिमकी गोलकर्ता मेनुका न्यौपानेलाई आयोजक सनसाइन महिला फुटबल क्लवले प्रोत्साहन स्वरुप नगद राशी १ हजार रुपैयाँसहित अन्य पुरस्कार प्रदान गरेको थियो ।
मङ्गलबारको खेल जुनतारा एफसी र सतासीधाम एफसीबीच हुने आयोजक क्लवकी अध्यक्ष अस्मिता खवासले जानकारी दिइन् ।