• बुटवल । रुपन्देहीको कोटिहवामा रहेको टाइगर प्यारेश रिसोर्टको हल, जहाँ थिए नेपाल र भारतका ५० जना भन्दा बढि युवाहरु । उनिहरु ३ दिन सम्म बन्द शत्रमा थिए । आईतवार उनिहरु आफ्नो घर तर्फ फर्कदै थिए । सवै युवाहरुको मुहारमा उज्यालो थियो । उनिहरु एक आपसमा खासखुस गर्दै आफ्नो खराव आचरण त्याग्ने बताई रहेका थिए ।

    ति युवाहरु घर फर्के पछि आफ्नो खराव आचारण त्याग्लान वा नत्याग्लान तर उनिहरुलाई खुसि लुट्ने खराव आचरणको पहिचान गराई दिएको थियो अन्तराष्ट्रिय स्तरको तालिम अनजिप २०१८ ले । यो तालिम नेपालको बुटवल जेसीज र भारतको जेसीआई गोरखपुर मिड टाउनले संयुक्तरुपमा आयोजना गरेका हुन् । बुटवल जेसीजका अध्यक्ष यमप्रसाद तिवारी र जेसीआई गोरखपुर मिड टाउनका अध्यक्ष विनित पौदारको सक्रियतामा यो तालिम भएको हो ।

    के थियो तालिममा ?  

    तालिमको आईतबार समापन गरिएको छ । तिन दिन सम्म सञ्चालन गरिएको तालिममा अन्राष्ट्रियस्तरमा ख्याति प्राप्त प्रशिक्षक केशव जैन र प्रज्ञा मेहताले प्रशिक्षण दिनु भएको थियो । तालिमा ब्यक्तित्व र नेतृत्व, स्वास्थ्य, पारिवारिक सम्वन्ध, युवाहरु कसरि खुसि हुने लगाएतका विषयमा प्रशिक्षण दिईएको संयोजक नरदेव न्यौपानेले बताउनु भयो ।
    तालिममा सहभागी युवाहरुलाई खानपान देखि सोचं परिवर्तन गर्ने पाठयक्रमका केन्द्रित भएर प्रशिण दिईएको थियो । प्रशिक्षणको क्रममा प्रस्तुत गरिएका श्रब्यदृष्य सामाग्रीले युवाहरुलाई हँसाउन मात्र सफल भएन पटक पटक उनिहरु भक्कानीएका थिए आँशु बगाएका थिए । यसबाट उनिहरुले हाँस्नुको अर्थ खुसि हुन होईन र रुनु अर्थ दुखि हुन होइन भन्ने सन्देश बुझेको आभाष दिलाएका थिए । हाँसो र आँशुको वास्तविकता उनिहरुले बुझेको बताए । जेसीजका तालिममा औपचारिक विश्व विद्यालयबाट प्राप्त गर्न नसकेको शिक्षा यस्ता तालिमबाट युवाहरुले सिक्ने बुटवल जेसीजका अध्यक्ष यमप्रसाद तिवारीको भनाई छ ।

    जव विहान ५ स् ३० बजे फोनको घण्टि बज्थ्यो

    शक्रबार देखि बन्द सत्रमा रहेका युवाहरु अर्कोदिन विहान अवेर सम्म निदाउने सोचमा रहेको सहजै अनुमान लगाउन सकिन्थ्यो । किनकी शुक्रबार करिव १ बजे उनिहरु कोठमा प्रवेश गरेका थिए । तर अर्को दिन विहान फोनको घण्टीले सवैको निद्रा विथोलि दियो । तपाईलाई प्रशिक्षकले बाहिर प्रर्खनु भएको छ यो आवाज सुन्ना साथ तोकिएको ड्रेसअप र तयारीका साथ उनिहरु कोठाबाट निस्कन्थे । विहानी वातावारणमा विभिन्न शैलीका ब्यायाममा उनिहरु सहभागि भएर फर्किदा फेरि अर्को अठोट हुन्थ्यो( जिवन के हो बल्ल चिनियो ।

    नेपाली टोपी र सेल्फि ‘‘‘

    बुटवल जेसीजका अध्यक्ष यम प्रसाद तिवारीले प्रमुख प्रशिक्षक केशव जैनलाई नेपाल टोपी लगाई दिएर सम्मान प्रकट गर्नु भएको थियो । निकै खुसिको मुद्रामा देखिनु भएका जैनले लगत्तै सेल्फि खित्दाको दृष्यले सवैलाई लोभ्यायो । त्यस पछि अतिथी मञ्चमा बसेका अतिथीहरुले पालैपालो फोटो सेसन गर्नु भएको थियो । नेपाली टोपी सवैले मन पराई दिदाँ बुटवल जेसीजका सदस्यहरु प्रफुल्ल देखिन्थे ।

    कस्ले कुन खराव आचरण त्याग्ने भए ?
    तालिमको प्रभाव यस्तो देखियो कि वर्षौ देखि धुमपान गर्दै आएका युवाहरु उक्त बानी त्याग्न तयार मात्र देखिएन तालिम अवधिबाटै सुरुवात गरे । नाम नवताउने शर्तमा सहभागि एक युवाहरुले भने – ‘मैले लामो समय देखि धुमपान गर्दै आएको छु यो तालिमले मलाई यसरी झस्काई दियो कि म धुमपान त्याग्न तयार भए । म आफैलाई अचम्म लागेको छ ।’
    अर्का सहभागिले यो तालिमबाट पारिवारिक सम्वन्ध सुमधुर बनाउन लाग्ने प्रतिवद्धता ब्यक्त गरे । कसैले मदिरा त्याग्ने, कसैले पेशा प्रति इमान्दार हुने, कसैले जिवनको लक्ष्य निर्धाण गर्ने प्रतिवद्धदा ब्यक्त गरिरहदाँ प्रमुख प्रशिक्ष केशव जैन भन्दै थिए (यो नै मेरो लागि ठुलो उपहार हो ।

    समापन समारोहमा कसले के भने

    समापन समारोमा प्रशिक्षक केशव जैन र प्रज्ञा मेहताले नेपाली भूमिमा भएको यो तालिम लाई अन्तराष्ट्रिय स्तरको बनाउनु आयोजकले कुनै कसुर बाँकी नराखेको भन्दै खुसि ब्यक्त गर्नु भयो । कार्यक्रममा जेसीआई गोरखपुर मिडटाउनका अध्यक्ष विनीत पौदारले बुटवल जेसीजको सहयोग र सद्भावको कारण तालिम सफल भएको बताउनु भयो । बुटवल जेसीज र जेसीआई गोरपुर विचको सम्बन्धमा नयाँ आयाम थप्न तालिम सफल भएको उहाँको भनाई छ ।

    बुटवल जेसीजका अध्यक्ष यमप्रसाद तिवारीले आफ्नो कार्यकालमा अन्तराष्ट्रिय स्तरको तालिम गर्ने सपना पुरा भएको बताउनु भयो । उहाँले जेसीआई गोरखपुरका पुर्व अध्यक्ष, बर्तमान अध्यक्ष लगाएतलाई सहकार्यको हात अघि बढाएकोमा धन्यवाद प्रकट गर्नु भयो । उहाँले यो कार्यक्रम सञ्चालन गर्ने वातावरण बनाउन महत्वपुर्ण भूमिका निर्वाह गर्नुभएको मा बुटवल जेसीजका पुर्व अध्यक्ष दिनेश श्रेष्ठलाई धन्यवाद प्रकट गर्नु भएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहनु भएको जेसीआई इण्डिया क्षेत्र ३ का अध्यक्ष नितिन कौशिकले तालिम प्रभावकारी रुपमा सम्पन्न गर्न सफल भएको बधाई दिदैैं नेपाल र भारतका युवाहरुको विच सुमधुर सम्बन्ध स्थापित गर्न तालिम कोशेढुङगा भएको बताउनु भयो । कार्यक्रममा संयोजकद्धय पुनित अग्रवाल र नरदेव न्यौपाने लगाएतले बोल्नु भएको थियो ।

    तालिमबाट जेसीज सदस्यहरुले जिवनशैली बारे नयाँ ज्ञान हासिल त गरे तर तमाम युवाहरु यस्ता प्रशिक्षणको खोजीजमा छन जेसीजले जेसीज सदस्य नभएका युवाहरुलाई यस्ता तालिम कहिले देला त रु यो प्रश्न जेसीजका विभिन्न शाखाहरु तर्फ सोझीएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…