• काठमाण्डौं । इन्डियन प्रिमियर लिग आईपीएलमा उच्च स्तरको खेल प्रदर्शनपछि नेपाली लेग स्पीनीर सन्दीप लामीछाने मंगलबार स्वदेश फर्किदै छन्।

    दिल्ली डेयर डेभिल्समा २० लाख भारतीय रुपैँयामा अनुबन्धन भएदेखीनै चर्चामा रहेका लामीछाने दिल्लीको तर्फबाट अन्तिम चरणका तीन खेलमा अविस्मरणीय प्रर्दशन गरेका थिए।

    लामिछाने मंगलबार अपरान्ह सवा ४ बजे नयाँ दिल्लीबाट काठमाडौं आइपुग्नेछन्। बैंगलोर विरुद्धको खेलबाट आईपीएलमा डेब्यु गरेका उनले चेन्नइ र मुम्बई विरुद्ध प्रतिष्पर्धाको मौका पाएका थिए। जहाँ उनले ३ खेलबाट महत्वपुर्ण ५ विकेट लिँदै सनसनिपुर्ण प्रदर्शन गरे।

    पछिल्लो पटक अन्तिम खेलका रुपमा मुम्बई विरुद्ध ४ ओभर बलिङ गरेका सन्दीपले ३ व्याट्सम्यानलाई पेभेलियनको बाटो देखाएका थिए।

    आईपीएलमा दिल्ली प्लेअफमा पुग्न असफल दिल्लीका लागि सन्दीपले खेलेका तीन मध्ये दुई खेलमा जित दिलाउन सफल भएका थिए। आईपीएलबाट फर्किए पछि सन्दीप केहि दिनको स्वदेश बसाइपछि विश्व ११ बाट प्रतिष्पर्धा गर्नका लागि इग्ल्याण्ड प्रस्थान गर्नेछन्।

    जेठ १७ गते विश्व ११ र वेष्ट इन्डिजबीच इंग्ल्यान्डको लर्डसमा च्यारिटी खेल हुँदै छ। गत वर्षको आँधीका कारण वेस्टइंडिजका ध्वस्त रंगशाला निर्माणका लागि हुन लागेको च्यारिटी खेलमा सन्दीपले पनि विश्व ११ मा स्थान बनाउन सफल भएको थाहाखबरले उल्लेख गरेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…