• काठमाडौं, ८ जेठ । ३३ किलो सुन र सनम हत्याकाण्डका मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई मंगलबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरी विशेष अनुसन्धान टोलीले गोरेलाई सार्वजनिक गरेको छ ।

    विशेष अनुसन्धान टोलीले गोप्य सूचनाका आधारमा गोरेलाई काठमाडौं महानगरपालिका वडा नम्बर ८ गौरीघाट क्षेत्रबाट मंगलबार बिहान ५ बजेर ३४ मिनेटमा काठमाडौंबाट पक्राउ परेका हुन् ।

    मन्त्रिपरिषद्को चैत २० गते बसेको बैठकले गृहमन्त्रालयका सहसचिव ईश्वरचन्द्र पौडेलको संयोजकत्वमा संगठित अपराध निवारण ऐन २०१२ बमोजिम विशेष अनुसन्धान टोली गठन गरेको थियो । यसअघि प्रतिवादी बनाइएका यसै मुद्धाका ६५ मध्ये ३३ फरार र ३२ जनालाई अदालत समक्ष पठाइसकिएको छ ।

    मुद्धाका मुख्य अभियुक्त मोरङ उर्लाबारी ४ घर भई काठमाडौंको गौरीघाटमा बसोबास गर्दे आएका थिए । ३३ किलो सुनकाण्डपछि उनी फरार थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…