• काठमाडौं : सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्यको हत्याका मुख्य अभियुक्त चूणमणि उप्रेती ‘गोरे' काठमाडौंका गौरीघाटबाट पक्राउ परेको छानबिन समितिले दावी गरेको छ । मंगलबार गृहमन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा छानविन समितिले गोरेलाई मंगलबार बिहान काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको जानकारी दिएको छ ।

    भारतमा लुकीरहेका गोरेको प्रहरीले विषेश निगरानी गरिरहेको र नेपाल आएको सूचनाका पाएपछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको जनाइएको छ ।

    अभियुक्त गोरेलाई आजै जिल्ला अदालत मोरङमा पेस गरिने छानविन समितिले जनाएको छ । गोरेविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ ।

    मोरङ उर्लाबारी नगरपालिका–७ स्थायी घर भएका ३७ वर्षीय गोरे काठमाडौं गौरीघाटमा बस्दै आएका थिए । गोरेलाई सोमबार भारतबाट पक्राउ गरी नेपाल ल्याइएको भनिए पनि छानविन समितिले काठमाडौंबाटै पक्राउ गरेको जानकारी दिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…