• ८ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ ले तस्करी संलग्न अन्य व्यक्तिहरुको समेत नाम लिएका छन् ।


    प्रकरणको अनुसन्धान गर्न गठित छानबिन समितिले गोरेले प्रकरणमा प्रतिवादी बनाइएका ६५ जना बाहेक अन्य व्यक्तिको बारेमा समेत मुख खोलेको जनाएको हो ।

    मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक ईश्वरप्रसाद पौडेलले भने, ‘उप्रेतीसँग प्रारम्भिक सोधपुछ गर्ने क्रममा प्रवितादी बनाइएका ६५ जना अभियुक्तहरुको कसुरलाई पुष्ट्याइँ गर्ने प्रमाण र तथ्य दिएका छन् । त्यसबाहेक अन्य व्यक्तिहरुको पनि सूचना प्राप्त भएका छ ।’

    ‘उप्रेतीबाट प्राप्त सूचनालाई हामीले सुक्ष्म अनुसन्धान र विश्लेषण गरिरहेका छौं’, पौडेलले भने । पक्राउ परेका गोरेलाई मंगलबारै जिल्ला अदालत, मोरङ पेश गर्ने तयारी गरिएको छ ।

    ‘उनको स्वास्थ्य परीक्षणपछि आजै बिराटनगर लगिनेछ’, समितिका एक सदस्यले भने ।

    ‘गहिराइका साथ अनुसन्धान जारी राख्छौं’

    पौडेलले करिब ३८ क्वीन्टल सुन तस्करीको विषय अत्यन्त जटिल, गम्भीर र संगठित प्रकृतिको अनुसन्धान भएकाले गहिराइका साथ अनुसन्धान जारी राख्ने बताए ।

    उनले अनुसन्धान जेरी जस्तै जेलिएको भन्दै हरेक जेरीलाई सेलरोटी जस्तो छुट्टयाउँदै जानु पर्ने भएको बताए ।
    अनलाईनखबरबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…