८ जेठ, बिराटनगर । ३३ केजी सुन प्रकरणका नाइके चुडामणि उप्रेती ‘गोरे’ लाई बिराटनगर ल्याइएको छ ।
गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेपछि गोरेलाई बिराटनगर ल्याइएको हो । गोरेलाई आजै जिल्ला अदालतमा पेश गरिने बताइएको छ ।
यति एयरलाइन्सको विमानमार्फत उनीलार्इ ३ः१० बजे बिराटनगर विमानस्थल ओर्लिएका थिए । त्यहाँ जिल्ला प्रहरी कार्यालय, मोरङकी प्रहरी निरीक्षक लक्ष्मी भण्डारी नेतृत्वको टोलीले गोरेलार्इ प्रहरीको गाडीमा राखेर अदालततर्फ लगेको थियो ।
सातो क्याप र कालो ज्याकेटमा रहेका गोरे विमानस्थलबाट ओर्लँदा उनको हातमा हतकडी भने थिएन ।