उर्लाबारी, ८ जेठ । एमालेबाट निर्बाचित जनप्रतिनिधिहरुले मोरङको उर्लाबारी नगरपालिकामा राजनीतिक ध्रुबिकरणलाई तीब्र बनाएका छन् । उनीहरुले समय नदिएपछि आज तय गरिएको उर्लाबारी नगर कार्यपालिकाको बैठक बस्न सकेन । स्थानीय तहको निर्बाचन भएपछि गठित नगर कार्यपालिकाको यो १० र्औं बैठक हो ।
बैठकमा उपप्रमुख लक्ष्मीदेवी भण्डारी, वडा नं।१ का वडाध्यक्ष मचिन्द्रकुमार कार्की, वडा नं।४ का वडाध्यक्ष लक्ष्मीनारायण धिमाल, वडा नं।८ का वडाध्यक्ष कुलबहादुर कार्की र वडा नं।९ का वडाध्यक्ष बमबहादुर फ्याक, नगर कार्यपालिका सदस्य सन्तकुमारी विक, कृष्णमाया कंडरिया, चन्द्रा डाँगी, हुक्कुमाया श्रेष्ठ, पूर्णमाया परियार, कृष्णकुमार बर्देवा, छविलाल धिमाल र धनराज धिमालले समय नदिएपछि बैठक बस्न नसकेको हो । उनीहरु सबै एमालेबाट निर्बाचित जनप्रतिनिधि हुन् ।
कांग्रेसबाट निर्बाचित प्रमुख खड्ग फागो, वडा नं। २ का वडाध्यक्ष कुमार कंडेल, वडा नं।३ का वडाध्यक्ष गञ्जबहादुर कार्की, वडा नं।५ का वडाध्यक्ष भानुभक्त शर्मा, वडा नं ६ का वडाध्यक्ष चिन्तामणी पौड्याल र वडा नं।७ का वडाध्यक्ष बीरबल थापा उपस्थित भएपनि गणपुरक संख्या नपुगेकाले बैठक बस्न नसकेको हो ।
नगर कार्यपालिकाबाट गरिने कार्यलाई व्यवस्थित गर्न ‘उर्लाबारी नगर कार्यपालिका ९कार्य सम्पादन० नियमावली २०७४’ तयार पारिएको छ । नेपालको संविधानको धारा–२१८ ले दिएको अधिकार प्रयोग गरी उर्लाबारी नगर कार्यपालिकाले उक्त नियमावली तयार पारेको हो । नियमावलीको परिच्छेद–३ को नियम–७ को उपनियम–१ मा प्रशासकीय अधिकृतले नगर प्रमुखको निर्देशनअनुसार बैठकमा प्रस्ताव पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।
प्रशासकीय अधिकृत रविन्द्रप्रसाद वस्तीले तीन दिनअघि नै नगर कार्यपालिकाका सबै पदाधिकारीलाई बैठकमा उपस्थितिका लागि पत्र पठाइएको जानकारी दिनुभयो । यसरी पठाइएको पत्र कुनै कारणवश नपुगे एसएमएस मार्फत् पनि कार्यपालिकाका पदाधिकारीहरुलाई जानकारी गराइएको वस्तीले बताउनुभयो ।
उर्लाबारी नगर कार्यपालिका ९कार्य सम्पादन० नियमावली २०७४ को परिच्छेद–३, नियम–१० को उपनियम–५ मा कम्तीमा ५१ प्रतिशत सदस्यको उपस्थितिमा नगर कार्यपालिकाको बैठक बस्न सक्ने व्यवस्था छ । तर, सो बैठक बस्न नसेकमा परिच्छेद–३ कै नियम–१० को उपनियम–६ अनुसार गणपुरक संख्या नपुगेमा एक चौथाई सदस्यको उपस्थितिमा दोस्रो बैठक बस्न सक्ने नियमावलीमा उल्लेख छ । भोली दिउँसो ३ बजे दोस्रो बैठक बोलाइएको प्रशासकीय अधिकृत वस्तीले जानकारी दिनुभयो ।