देबु बानियाँ
काठमाडौँ । आगामी मे २४ तारिखदेखि २७ सम्म जापानमा हुन लागेको जेसीआइ एसिया प्रशान्त सम्मेलनमा सहभागि हुन नेपाली टोली जापान पुगेको छ । जापानको काङगोसिमा हुने ४ दिने सम्मेलनमा सहभागि हुनका लागि नेपाल जेसीजका तर्फबाट ६१ जनाको प्रतिनिधि टोली जापान पुगको हो ।
यो टोली नेपाल जेसीजबाट अन्तराष्ट्रिय सम्मेलनमा सहभागि भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालको नेतृत्वमा गएको टोलीमा राष्ट्रिय बोर्डका विभिन्न पदाधिकारी तथा देशका विभिन्न शाखाका पदाधिकारीहरु रहेका छन् ।
उनीहरुलार्य सोमवार त्रिभूवन विमानस्थलबाट भव्य विदाई गरिएको थियो ।
सहभागि हुनेहरुमा कार्यकारीणी राष्ट्रिय उपाध्यक्ष विकास मानान्धर, राष्ट्रिय कोषाध्यक्ष हेमराज ओझा, राष्ट्रिय उपाध्यक्ष विजय गुरुङ, टेकराज रेग्मी, मोहनराज भट्ट, अस्बिन ढुङ्गाना, कमल विश्वकर्म, भरत रावल, रिकेश श्रेष्ठ, उमेश गुरुङ, संगमबाबु श्रेष्ठ, सुमन कार्की, सुभाष मल्ल, हेमराज खनाल, राजन सुवेदी, सिता श्रेष्ठ, मिलन कटुवाल, विशाल थापा, धनकुमार भट्ट, दिवाकरलाल चौधरी, कुशल खतिवडा, प्रवेश बस्नेत, दिवाकर प्रसाई, जीवनकुमार खड्का, विनोद भट्टराई, सुमित्रा शर्मा, धनपति यादव, राजकुमार रेश्मी, सुमन आचार्य, सालिकराम पुरी, प्रेमप्रसाद पराजुली रहेका छन् । यसैगरी टोलीमा अवदेश कुमार अग्रारी, पुष्पा खनाल, सरस्वती बस्याल न्यौपाने, तुलसीप्रसाद न्यौपाने, कमला पौडेल, सलिना केसी, केव केसी, रबिन पोखरेल, प्रधिमान भाजदया, पर्वत श्रेष्ठ, मुक्तिनाथ गैरे, दिपकचन्द्र बराल, पुरुषोतम सुवेदी, मनोज आचार्य, विना न्यौपाने आचार्य, किशोर पगेनी, कृष्ण अर्याल, विष्णु कडेँल, नारायण सुवेदी, डिल्लीराम घोर्साइ, सुरेश न्यौपाने, रबिन्द्र गुरुङ, हर्षमान मानन्धर, विकाश महर्जन, अमित आचार्य, अनिल महर्जन र डाक्टर खुस्बु कार्की सहभागि रहेका छन् ।
एसिया प्रशान्त सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै मुक्तिनाथ गैरेले वक्तृत्वकला प्रतियोगितामा भाग लिने राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले बताउनु भयो ।