विराटनगर । प्रथम उप–राष्ट्रपति चिल्डे«न गेम्स–२०७५ को एक नम्बर प्रदेशस्तरीय प्रतियोगिताको उपाधि झापाले हात पारेको छ ।
पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले विराटनगरस्थित शहिद मैदान रङ्गशालामा यहि जेठ ७ र ८ गते आयोजना गरेको प्रदेशस्तरीय छनोटमा झापा २५ पदकका साथ टिम च्याम्पियन बनेको हो ।
प्रदेश अन्र्तगतका १३ जिल्लालाई पछि पार्दै उसु, कराते, तेक्वान्दो र एथ्लेटिक्समा प्रतियोगिताको उपाधि उछिनेको झापाले १५ स्वर्ण, ६ वटा रजत र ४ रजत पदक प्राप्त गरेको छ ।
प्रतियोगिताको विजयी टिम तथा विजेता खेलाडीहरुलाई पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटी, कार्यालय प्रमुख टेकप्रसाद कट्टेल, प्रशिक्षण विभाग प्रमुख वीरेन्द्र चौधरी, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, उपाध्यक्ष भेषराज भण्डारी, कोषाध्यक्ष धर्म शिवाकोटी, कार्यालय प्रमुख टहलदाश मैनालीलगायतले ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए ।