• भद्रपुर । झापाको सदरमुकाम भद्रपुरमा जिल्लास्तरीय फुटबल प्रतियोगिता मंगलबार शरु भएको छ । गणतन्त्र दिवसको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको हो ।
    भद्रपुरको स्थापित क्लव इलेभेन साइनिङ स्टार क्लवको आयोजनामा जेठ १५ गतेसम्म भद्रपुर माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । मंगलबार एक समारोहका बीच प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उद्घाटन गरे । उनले मुख्य निर्णायक लोकराज ढुंगानालाई फुटबल हस्तान्तरण गर्दै प्रतियोगिता उद्घाटन गरेका हुन् ।
    उनले फुटबलका थुप्रै राष्ट्रिय खेलाडी उत्पादन गरेको भद्रपुर पछिल्लो समयमा फुटबल खेलको विकास र प्रवद्र्धनमा पछि परेको भन्दै नगरपालिका भद्रपुरमा उत्कृष्ट टिम तयार गर्न जुटिरहेको बताए । नगरप्रमुख श्रेष्ठले भद्रपुरमा आयोजना हुने खेलकुदका प्रतियोगिताहरुलाई नगरपालिकाले सक्दो सहयोग गर्ने पनि बताए ।
    सञ्चारकर्मी गोपाल गिरीले सञ्चालन र प्रतियोगिता आयोजक समितिका अध्यक्ष रवि मुखियाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नेपाली कांग्रेस ३ नं क्षेत्रीय सभापति गणेश पोखरेलले पनि शुभकामना मन्तव्य राखेका थिए ।

    मुनाल विजयी
    प्रतियोगिताको उद्घाटन खेलमा मुनाल क्लव चन्द्रगढी विजयी बनेको छ । मुनालले सैनिक फुटबल क्लव सैनिकलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
    भद्रपुर उच्च माविको खेलमैदानमा भइरहेको प्रतियोगिताको पहिलो खेलमा सैनिकले मुनाललाई दवाबमा राखे पनि स्कोर गर्न नसक्दा पराजित बन्नु पर्यो । सैनिकको उथ्कृष्ट प्रहारहरु मुनालका गोलकिप्पर दिपान्स राउतले उत्कृष्ट ढंगले बचाउ गर्दै विफल पारिदिएका थिए ।
    समय अभावका कारण ३५–३५ मिनेट खेलाइएको उक्त खेलको पहिलो हाफमा १–० को अग्रता लिएको मुनालले दोस्रो हाफमा एक गोल थपेको थियो । खेल शुरु भएको १३ औं मिनेटमा मुनालका जय गुरुङले गोल गरे । रेजिन सुब्बाले दिएको पास कप्तान कर्ण लिम्बूले रेजिनलाई दिएपछि डीबक्सभित्रबाट उनले गोल लगाएका थिए । पहिलो हाफको अन्तिम ४ मिनेटमा सैनिकको दुईवटा उत्कृष्ट प्रहार मुनालका किप्पर राउतले विफल तुल्याइदिएका थिए । दोस्रो हाफको १४ औं मिनेटमा मुनालका कप्तान लिम्बूले टिमका लागि दोस्रो गोल थपे ।
    बुधबार पृथ्वीनगरको दशरथपुर फुटबल क्लव र हल्दिबारी फुटबल क्लवबीच प्रतिस्पर्धा हुन आयोजक क्लवका अध्यक्ष दिलीप भूइमालीले जानकारी दिए ।
    झापाका ९ वटा टिम सहभागी गराउने तयारी गरिएको प्रतियोगिताको विजेताले ६० हजार नगदसहित शील्ड तथा मेडल र उपविजेताले ४० हजार नगदसहित शील्ड तथा मेडल प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष रवि मुखियाले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…