उर्लावारी । व्यवसाय प्रर्वधन तथा युवाहरुलाई व्यवसायीकरण गराउने उदेश्यका साथ उर्लावारी जेसीजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ ।
२१ औँ शताब्दीको नयाँ ढाँचाका रुपमा व्यवसायलाई सञ्चालन गर्दै आफ्नो व्यापार व्यवसायलाई थप उचाइमा लैजानका लागि सहयोग पुगोस भन्ने उदेश्यका साथ तालिमको आयोजना गरिएको हो । मल्टि चेप्टर तालिमको रुपमा रहेको ‘रेश फोर’ नाम दिएको उक्त तालिममा लेटाङ, पथरी, दमक, गौरादह र कमलनगर जेसीजको सहकार्य रहेको थियो । तालिममा ९६ जना सहभागि रहेका थिए ।
उनीहरुलाई नेपाल जेसीजका तालिम प्रशिक्षक राजाबाबु शाहले प्रशिक्षण दिएका थिए । शाखा अध्यक्ष सचिन शाक्यको सभापतित्व तथा नेपाल जेसीजका तालिम प्रशिक्षक राजाबाबु शाहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थापक विष्णु ओली, पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय उपाध्यक्षहरु विपुल रिजाल, प्रितम खड्की, पूर्व अध्यक्ष विनोद न्यौपाने, पवन भट्टराई, पवन अग्रवाल, ज्ञानु श्रेष्ठ, गणेश खत्रीलगायतको सहभागिता रहेको थियो । स्वागत कार्यक्रम संयोजक अशोक धिमाल सचालन महासचिव सन्दिप पौडेलले गरेका थिए ।