• काठमाण्डौं, ९ जेठ । लामो समयदेखि नेपाल राष्ट्र बैंक र अन्य सरकारी कर्मचारीहरुकै संलग्नतामा हुँदै आएको इ–सेवा नामको कम्पनीले गैरकानुनी तबरबाट रकम असुली गर्दै आएको भेटिएको छ ।

    विगत छ वर्षदेखि विना स्वीकृति आर्थिक कारोबार गर्दै आएको इ–सेवा नामको कम्पनीले राष्ट्र बैंककै कर्मचारीको योजनामा सेवाग्राहीबाट अत्यधिक शुल्क असुली गर्दा पनि मातहतका निकाय मौन बसेका छन् ।

    गैरकानुनी रुपमा अवैध धन्दा चलाइरहेको खबर सार्वजनिक भइरहँदा समेत सरकारी निकायले अघिल्ला दिनमा के कस्तो कसरी र कुन कार्यविधिबाट सेवाग्राहीसँग वित्तीय कारोबार गरेको हो भन्नेबारे अझै पनि कुनै छानबिन सरकारी निकायले गरेको छैन । सोही मौका उठाउँदै इ–सेवा कम्पनीका अन्य कर्तुतहरु पनि सार्वजनिक हुनथालेका छन् ।

    सो कम्पनीको मान्यताप्राप्त भन्दै उपत्यकाभित्र र देशबाहिरका विभिन्न सहरमा शाखा खोली सेवाग्राही ठगी गर्ने कार्यमा झन् तीव्रता आएको छ । उपत्यकाको विभिन्न स्थानमा रहेका इ–सेवाको कस्टमर सेन्टरमा गोप्य अध्ययन गर्दा अत्यधिक मात्रामा सेवाको नाममा शुल्क असुली गरेको पाइएको छ ।

    सो कम्पनीले पाँच हजार रुपैयाँ इ–सेवा एकाउन्टमा ट्रान्सफर गर्दा प्रतिव्यक्ति ५० देखि सय रुपैयाँसम्म असुली भएको गुनासो सेवाग्राहीको रहेको छ । बानेश्वरमा रहेको इ–सेवाको अर्को कस्टमर केयर सेन्टरबाट सय रुपैयाँ, अनामनगरस्थित इ–सेवाको कस्टमर केयर सेन्टरबाट ४० रुपैयाँ शुल्क असुली गर्दै आएको पाइएको हो । एउटै कम्पनीले सेवा चलाउन दिएको सो कस्टमर सेन्टरबाट फरक–फरक शुल्क असुली हुँदै आएको छ ।

    इ–सेवाका कस्टमर केयर सेन्टरमा आफ्नै नियम लागू हुने भन्दै आपूmखुसी शुल्क निर्धारण गरी असुली गर्दा समेत सम्बन्धित निकायको ध्यान जानसकेको छैन । यसैगरी सो कम्पनीले नेपाल टेलिकम र एनसेलमा ब्यालेन्स हाल्दा त केही रुपैयाँ मात्र कमिसन पाउनेले इ–सेवा एकाउन्टमा पाँच हजार रुपैयाँ हाल्दा ४० देखि एक सय रुपैयाँसम्म शुल्क असुली गरी लुट नै मच्चाएको छ ।

    इ–सेवाले उपलब्ध गराएको बोर्ड झुण्ड्याएर सेवाग्राहीबाट अकूत शुल्क असुली गरी करोडौँ रुपैयाँ कर समेत सो कम्पनीले छली गरेको पाइएको छ । पसलका भित्ता–भित्तामा इ–सेवाका प्रचार सामग्रीहरु राखिएका छन् । सो प्रचार सामग्री समेत कसको स्वीकृतिमा राखिएको हो, त्यसको समेत खोजी सम्बन्धित सरकारी निकायबाट हुनसकेको छैन ।

    सेवाको बोर्ड झुण्ड्याएकाहरु ‘आफूहरु इ–सेवाको आधिकारिक कस्टमर सर्भिस प्रोभाइडर’ भएको दाबी गरे पनि सोबारे आधिकारिक पत्र भने कोहीसँग पनि नभएको भेटिएको छ । इ–सेवाबाट रकम ट्रान्सफर गर्दा कुनै बिल समेत नदिने गरेको गुनासो सेवाग्राहीको रहेको छ ।

    यसरी बिल दिनमा समेत आलटाल गर्दै इ–सेवा सञ्चालक बस्ने गरेका छन् । यसबाट प्रस्ट हुन्छ कि सेवाको नाममा लुट मच्चाएर धनी बन्ने र सरकालाई बुझाउनुपर्ने कर भने छली गर्दै आएको पाइएको छ ।

    नेपालको आयकर ऐन २०५८ अनुसार कर छल्ने वा मतियारको रुपमा काम गर्ने दुवैलाई कारबाहीको व्यवस्था गरिएको छ । यसरी सरसर्ती हेर्दा पनि या त इ–सेवा आफैंले करछली गरिरहेको छ अथवा करछली गर्न अरुलाई उक्साइरहेको छ । यसरी प्रत्येक ग्राहकबाट यसरी अनधिकृत रुपमा उठाइएको रकमबाट लाखौँ रुपैयाँ करछली भइरहेको छ ।

    यस सम्बन्धमा पटक–पटक यथार्थ सोध्नका लागि फोन गर्दा सो कम्पनीबाट इ–सेवाका प्रमुख कार्यकारी अधिकृत अस्कर अली फोनमा उपलब्ध भएनन् । इ–सेवा यसअघि पनि फुल–अडिटमा परिसकेको कम्पनी हो ।

    सीईओ अलीले आफूहरु फुलअडिटमा परी क्लिन चिट पाइसकेको बताउँदै आफू कानुनअनुसार कम्पनी चलाएको दाबी गर्दै भने आएका छन् । इ–सेवाले राजनीतिक आडमा करछली प्रकरणबाट मुक्ति पाउँदै आएको छ । आर्थिक दैनिकका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…