• नेपालले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट नेदरल्यान्डसँग खेल्ने भएको छ । दुई खेलको ओडिआई सिरिज १ र ३ अगस्टमा नेदरल्यान्डमा हुनेछ । खेल हुने मैदान भने अझै तय नभएको नेदरल्यान्डका प्रशिक्षक रायन क्याम्बेललाई उद्धृत गर्दै अनलाइन पोर्टल क्रिकबजले जनाएको छ ।

    रायनले भनेका छन्, ‘हामी नेपाललाई उनीहरूको पहिलो एकदिवसीय खेलका लागि स्वागत गर्दै छौँ र हामी सन् २०१३ पछि पहिलोपटक घरमा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै छौँ ।’ नेपालसँग सन्दीप लामिछानेजस्ता विश्वस्तरीय खेलाडी रहेको भन्दै रायनले प्रशंसा गरेका छन् ।

    नेपालले गत मार्चमा जिम्बावेमा भएको विश्वकप छनोट प्रतियोगिताबाट एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएको थियो । नेदरल्यान्डले गत डिसेम्बरमा विश्व क्रिकेट लिग च्याम्पियनसिपको उपाधि पाएपछि पुनः एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएको हो । नेदरल्यान्डले सन् २०१४ को विश्वकप छनोट प्रतियोगितामा क्यानडासँग अन्तिमपटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो । सो प्रतियोगिताबाट उसले ओडिआई मान्यता गुमाएको थियो ।

    गत मार्चमा जिम्बावेमा भएको विश्वकप छनोटमै नेपाल र नेदरल्यान्डबीच पछिल्लोपटक एकदिवसीय प्रतिस्पर्धा भएको थियो । सो खेलमा नेपाल ४५ रनले पराजित भएको थियो ।

    लर्डसमा टि–२०
    ओडिआई सिरिजअघि दुवै देशले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) को घरेलु मैदान लड्र्समा त्रिकोणात्मक टी–२० खेल्नेछन् । २९ जुलाईमा हुने प्रतियोगितामा दुई देशसँगै एमसिसीले पनि प्रतिस्पर्धा गर्नेछ ।

    तपाईको प्रतिक्रिया

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…