• विराटनगर । ३८ किलो सुन तस्करी र सनम शाक्क हत्याको घटनाका मुख्य अभियुक्त भनिएका गोरेले घटना प्रमाणित भए आफूलाई झुण्ड्याएर मार्न आग्रह गरेका छन् । पक्राउ पर्नुअघि सामाजिक संजाल यु ट्युवमा सार्वजनिक भिडियोमा गोरेले आफू निर्दोश रहेको पनि बताएका छन् । उनले सनम शाक्यको हत्यामा आफ्नो संलग्ना नभएको दाबी पनि पेश गरेका छन् ।

    उनकै शब्दमा बयानको पूर्ण पाठ
    म चुडामणि उप्रेती ‘गोरे’

    मेरो घर उर्लाबारी ।

    म जन्मेको इटहरी ।

    म हाल काठमाडौंमा बस्छु ।

    आज जुन यो दुई तीन महिनादेखि सनम हत्याकाण्ड, ३३ किलो सुनकाण्डको चर्चा भइरहेको छ, यसमा सबै गोरे ! गोरे !! गोरे !!! भनेर जुन समाचार आइरहेको छ, यसमा म विल्कुलै निर्दोष छु ।

    विगत अढाई वर्षदेखि मेरो सम्पूर्ण काम सनमले गथ्र्यो ।

    जुनबेला सामान चोरी भयो, म कलकतामा थिए । मलाई थाहा थिएन, म पुगेको दिन सामान हरायो भन्ने मैले सुने । सुनिसकेपछि म आफ्नो काम सकाएर फर्किएँ ।

    फर्केर खोजी कार्य भयो, एयरपोर्टका स्टाफहरुलाई बोलाएर सोधियो, खुवाइयो । यातना दिइएको थिएन, सोधीखोजी भयो । त्यसका प्रमाणहरु छन् मसँग पनि ।

    खोज्दै जाँदा म पनि सायद भएको भए सनम मर्दैन थियो होला । म त्यस्तो हुन दिन्नथें । कुटपिट, झै–झगडा, खानपिन त भइरहन्थ्यो । ठाउँठाउँमा हामी जान्थ्यौं, एक अर्कामा सोधीखोजी हुन्थ्यो ।

    लामो स्वास….

    सनम मर्ने बेलामा उसलाई गाडीमाथि, गाडीमा राखेर उनीहरुलाई घरपरिवार हस्पिटलमा छाड्ने बेला थियो । त्यो हुन पाएन ।

    अन्तिममा हामी वर थियौं, हामी त्यहाँ थिएनौं । अन्तिममा सनम म¥यो भन्ने खबर आयो । खबर आइसकेपछि हामी आत्तियौं ।

    आत्तिसकेपछि अब सनमको घरपरिवारमा लास बुझाउनुपर्ने थियो, मेरो चिनजानको त्यहाँ कोही थिएन । पुलिस प्रशासन कोही पनि थिएन । मैले काठमाडौंबाट चिनेको एकजना मैले मामा भन्ने बालकृष्ण सञ्जेललाई बोलाएँ ।

    त्यहाँ लेनदेनको कुरा के के आएको छ, त्यस्तो लेनदेनको कुरा केही भएको छैन । म निर्दोष छु, यसमा । कसैलाई मारेर मलाई खान आउँदैन । मेरो ब्याकग्राउण्ड राम्रै छ । मेरो क्रिमिनल केस कहिँ पनि छैन ।

    म इण्डियन आर्मी हुँ । म पुलिस स्कुल नै पढेको मान्छे हुँ । मलाई आफ्नो साथीलाई मार्न आउँदैन ।

    लाष्टमा ३ जना थिए त्यहाँ । मल्ल, मने र सनम थिए ।

    अब सुनको राज त्यहीँ हुनुपर्छ ।

    सनमलाई मारिएको छ । सनम मरेर गयो ।

    त्यो यातना मैले मात्रै दिएको होइन, त्यस्तो कुटपिट झै–झगडा भइरहन्थ्यो । खोजी कार्य गरेको हो मैले । एअरपोर्टका स्टाफहरुलाई पनि बोलाएर सोधीखोजी गरें मैले ।

    कसैलाई मार्ने इन्टेन्सन थिएन । मारेर खान मलाई आउँदैन ।

    उर्लाबारीबासी र सनमको घरपरिवार र सम्पूर्ण नेपाली दिदी, दाजुभाई बहिनीहरु म निर्दोष छु ।

    गोरे ! गोरे !! गोरे !!! भनेर दुई अढाई महिना ३ महिना भइसक्यो । मेरो चर्चा धेरै भइसक्यो । मलाई आउन मन छ । मलाई पनि नेपालमा बस्न मन छ । मेरो पनि परिवार छ ।

    मलाई डर भयो, हल्ला भयो सनम म¥यो भन्ने । दोषजति मलाई लगाइयो । म चुप लागेर बसे यत्रो दिन ।

    पुलिस आइसकेपछि त्यस्तो लेनदेनको कुरा केही पनि छैन । उनीहरु के कारणले फसे वा फसाए, त्यो म भन्न सक्दिन । गृह मन्त्रालय, पुलिस प्रशासन, नेपाल, नेपाली जनता सबैलाई गोरे ! गोरे ! गोरे !!! भन्ने मै हुँ, सनम हत्यामा म छैन ।

    यो जुन भिडियो सार्वजनिक भएको छ, त्यो एकदिन अगाडिको भिडियो हो । लाष्टमा तीनजना थिए, मने, मल्ल र सनम । सनम मारिएको छ त्यहाँ । दोषजति मलाई खन्याइएको छ ।

    उनीहरुको मलाई दबाब थियो ।

    म त …म त खोजी पनि नगरुम भन्ने थियो ।

    पछि १ महिना ८ दिनपछाडि सनमको गल्तीहरु भेट्टाइयो ।

    भेट्टाएपछि हामी ठाउँठाउँमा गयौं ।

    खायौं, बस्यौं, हिँड्यौं । एकअर्कामा त्यस्तो भइरहन्थ्यो हामीबीच । घरी उनीहरुले हान्थे, घरी अरु केटाहरुले हान्थे । म निर्दोष छु । सनम मर्ने बेलामा ३ जना थिए । मल्ल, मने र सनम थिए ।

    जुन सुन, त्यो मेरो पनि होइन, त्यो अर्कैको सुन हो ।

    त्यो सुनको राज खोलिन्छ या अब भेट्टियो वा त्यो उनीहरुसँगै छ । मने र मल्लसँग हुनुपर्छ राज । मसँग छैन ।

    म पुसिललाई बोलाएर सनमको लास बुझाउने मान्छे हुँ । धरान पुगेपछि मलाई डर भयो, हल्ला हुन्छ भनेर । मलाई पनि मेरो ज्यानको माया छ । त्यही भएर म भागें । धेरै भयो, यो गोरे ! गोरे !! गोरे !!! भनेर ३३ किलो काण्ड ।

    सम्पूर्ण दोष मलाई लगाइएको छ । यसमा म छैन । यसमा छिरिङ, भुजुङ भन्ने मान्छे छन् । उनीहरुको दबाब थियो । र, एउटा एमके भन्ने मान्छे छ र बाँकी इण्डियन मान्छेहरु छन् ।

    जुन सामान आयो र निकाल्ने मान्छे पनि मर्छ, दोष मलाई नै लाउँछन्, सनम मर्छ, मलाई नै लाउँछन् । अथवा त्यो ‘एक्सिडेण्टल डेथ’ हो ।

    मने र मल्ल अन्तिममा थिए । मैले पुलिस बोलाएर सनमको लास जिम्मा लाउन खोजेको हो । त्यसपछि त्यहाँ के–के भयो । मलाई केही थाहा भएन, म त्यहाँबाट भागेर हिँडेको हुँ ।

    म घर आउन चाहन्छु, म नेपाल आउन चाहन्छु, म सरेण्डर हुन चाहन्छु । मसँग पनि छ सब प्रमाणहरु ।

    कसैलाई मारेर खान मलाई आउँदैन । कसैलाई भनु, ज्यान मारेर पैसाले के नै हुन्छ र । कसैको ज्यान मारेर खाने म होइन ।

    म १० वर्ष पुलिस बोर्डिङ पढेको हुँ । मलाई त्यहाँनेर सिकाएनन्, मान्छे मारेर खान । म आर्मी हुँ । आर्मीमा सिकिँदैन मारेर खान ।

    म यदि गल्ती भए, मैले मारेको भन्छन् भने मलाई झुण्डाएर मार्नु, मलाई अदालतमै मार्नु, उर्लाबारी लगेरै मार्नु ।

    मेरो गल्ती छैन् । लाष्टमा ३ जना थिए ।

    हामी वर थियौं, एक्कासी म¥यो भन्ने खबर आउँछ । खबर आइसकेपछि लास व्यवस्थापन गर्न मैले पुलिस प्रशासन बोलाएको हो । त्यसपछि मलाई के–के भयो केही पनि थाहा छैन ।

    त्यसपछि अहिलेसम्म ३३ किलो काण्डमा सबै मेरो परिवार, म मेरा मामा सबैलाई मुछिएको छ, यस्तो नहोस् । म सरेण्डर गर्न चाहन्छु । म निर्दोष छु ।

    मलाई पनि दबाब थियो, खोजेर लेरआइज होइन भने पैसा तिर भन्ने । त्यत्रो पैसा कहाँबाट लेराउने मसँग छैन ।

    सनमले २ अढाई वर्षदेखि हिसाबकिताब उही हेर्ने उही राख्ने गर्दथ्यो । अगाडिको ३३ किलो काण्डदेखि, जुन त्यो मेरो होइन, त्यसमा पनि मलाई मुछिएको छ । त्यो अर्कैको हो । मलाई फसाइएको छ । म फसेको छु ।

    म, मेरो परिवार, हामी सबै बाँडेर, बाँडीचुँडी खाने मान्छे हो । कसैलाई मारेर मलाई खान आउँदैन । म निर्दोष छु । मेरो जीवनको पनि रक्षा होस् ।

    यत्रो धेरै ईस्यु भएको छ, किनकी त्यहाँ मने भन्ने मान्छे छ, मल्ल भन्ने मान्छे छ । उनीहरुले त्यहाँ फोटो खिचेका छन्, भिडियो राखेका छन् । मलाई मात्रै देखाइएको छ, फसाइएको छ । यस्तो नहोस् ।

    र, मेरो गल्ती छ भने मलाई मार्नु, मलाई ढुंगाले हान्नु, उर्लाबारीबासीले, कानुनले, पुलिस प्रशासनले, सबैले । मलाई मारेर खान आउँदैन ।

    जुन भिडियो देखाइएको छ, त्यो एकदिन अगाडिको भिडियो हो, त्यसमा पनि मलाई मात्रै देखाइएको छ ।

    यही हो ….३३ किलो काण्डको दोषी म होइन । म निर्दोष छु, मलाई फसाइएको छ । मलाई दबाब छ ।

    म आफ्नै ज्यानको सुरक्षा खोजिरहेको छु । सुरक्षा हुने ठाउँमा म सरेण्डर खोजिरहेको छु । कसैलाई मारेर खान मलाई आउँदैन । यति भन्दै मेरो दुई शब्द यहाँ राख्न चाहन्छु ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…