• काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले सरकारको नीति तथा कार्यक्रम लक्ष्य मात्रै भएको बताएका छन् ।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै खड्काले लक्ष्य राख्नु राम्रो कुरा भएको तर कार्यान्वयन गर्ने आधार नदिइएको बताए ।

    दोहोरो अंकको आर्थिक वृद्धिदर र प्रतिव्यक्ति आय दोब्बर बनाउने लक्ष्य निकै राम्रो भए पनि केवल मृगतृष्णा मात्रै भएको खड्काको तर्क छ ।

    संकीर्ण मानसिकताबाट ग्रस्त नीति तथा कार्यक्रमले ठूलो उपलब्धि हासिल हुन नसक्ने खड्काले बताए ।

    “सबै स्थानीय तहको निर्वाचन भएकोमा जनतालाई धन्यवाद दिइएको छ । तर त्यही निर्वाचन सफल रुपमा सम्पन्न गर्ने तत्कालिन सरकारलाई धन्यवादसम्म दिइएको छैन । यति संकीर्ण सोच छ भने आगामी दिनको यात्रा कस्तो होला ?” खड्काले प्रश्न गरे ।

    नीति तथा कार्यक्रममा समेटिएका योजना सबै सकारात्मक भए पनि कार्यान्वयनतर्फ ध्यान नदिइएको उनको आरोप छ ।

    “धेरै लक्ष्य यस्ता छन्, जुन पूरा गर्नका लागि खरबौँको लगानी आवश्यक पर्छ । नीति तथा कार्यक्रमअनुसार प्रत्येक वर्ष दश लाख रोजगारी सृजना गर्नपर्छ । यो कसरी सम्भव छ ” उनले भने ।

    आगामी ५ वर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य पनि महात्वाकांक्षी मात्रै भएको खड्काको भनाई छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…