• पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे –५ की एक किशोरी जवरजस्ती करणीबाट जन्मिएकी ३ वर्षीय छोरी काखमा च्यापेर न्याय खोज्दै कहिले प्रहरीमा त कहिले अधिकारकर्मीको ढोका ढक्ढक्याइ रहेकी छिन । उनले बुधबार इलाका प्रहरी कार्यालय पथरीमा पुगेर श्रीमानसँग नाता प्रमाणित गराई घरमा बस्ने वातावरण मिलाई दिन गुहार मागेकी छिन् ।
    १४ वर्षको उमेरमा पथरीशनिश्चरे ५ का छिमेकी अजुर्न धिमालले जवरजस्ती गर्दा ति किशोरी गर्भवती भएकी थिइन । धिमालले करणी भएको कुरा सार्वजनिक भए मारिदिने धम्की दिएपछि किशोरीले बास्तविकता लुकाएकी थिइन । तर, सत्य छिपेन । ६ महिनापछि किशोरी गर्भवती भएको समाजमा हल्ला चल्यो । त्यसपछि अर्जुनले गर्भपतन गराउन पथरी,दमक र इटहरीका स्वास्थ्य केन्द्रमा पु¥याए । तर गर्भवतीको उमेर १४ वर्षको मात्र भएकोले गर्भपतन सम्भव भएन ।
    अर्जुनले समाजका केही अगुवा र नातेदारको उपस्थितिमा किशोरीलाई जिम्मा लिए । तर, केटा पक्षले अर्जुनलाई छुटाएर झापाको बिर्तामोडमा बस्ने बन्दोबस्त मिलाई दियो । ३ महिना पछि छोरी जन्मिन । छोरी जन्मिएपछि किशोरीलाई पनि झापा पु¥याइयो । तर , किशोरीले न श्रीमानको माया पाउन सके न त सासु ससुराको साथ पाउन सकिन । दैनिक कुटपीट यातना र धम्की खेपेकी किशोरी रगत पछे भएर पुन माइत फर्किन । २ वर्षयता माइतमा बस्दै आएकी किशोरी सँग न त बिवाह दर्ता छ, न बच्चाको जन्म दर्ता छ । नागरिकता लिने उमेर नपुगेकोले नागरिकता हुने कुरै भएन ।
    महिला तथा वालबालिका केन्द्र बिराटनगरकी महिला संयोजक गीता कट्टेलले किशोरीलाई पुनस्र्थापन ागर्न सहयोग गरिरहनु भएको छ । कट्टेलले भन्नुभयो –किशोरीलाई न्याय दिनका लागि कानूनी बाटोको खोजि भइरहेको छ । जसरी पनि उहाँलाई घरमा बस्ने वतावरण दिलाउने छौं । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले भन्नुभयो –‘पीडितको उजुरीका आधारमा न्यायको बाटो खोल्ने प्रक्रिया सुरु गछौं । केटालाई पक्राउ गरेर ल्याउने प्रहरी निरीक्षक श्रेष्ठको भनाई छ । किशोरी भने केटासँग नाता प्रमाणित गरी बस्न पाउनु पर्ने बताउँदै आएकी छिन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…