उर्लाबारी । उर्लाबारी ९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले आफु राजनीतिमा आउन समाजसेवा नगरेको बताउनुभएको छ । एक अनलाईन टिभीमा अन्तरवार्ता दिदैं श्रेष्ठले भन्नुभएको छ,राजनितीमा आउन समाजसेवा गरेको होईन,न पैसा धेर भएर नै यो काम गरेको हुँ । आफुले मेहेनत परिश्रम गरेर माथि उठ्न सफल भएकोले गाउँको समस्यामा सानो सहयोग गरेको श्रेष्ठले बताउनुभयो । श्रेष्ठ भन्नुहुन्छ, आफुले सकिन्छ भने गाउँ ठाउँमा सहयोग गरौं भनेर सन्देश दिन खाजेको हुँ । किनकी समाजसेवाले गाउँलाई मात्र फाईदा पुग्दैन,यस्ता कामले आफ्नो कृति पछिसम्म रहिरहन्छ ।
श्रेष्ठले समाजसेवा धनले नभएर मनले गरिने बताउनुभयो । श्रेष्ठ भन्नुहुन्छ, धन त म भन्दा धेरै हुनेहरु हुनुहुन्छ, यदि म सँग मन थिएन भने कसरी समाजसेवा गर्न सक्थे र ।
श्रेष्ठको बिचारमा सहयोग गर्नु मात्रै समाजसेवा होईन, पहलकदमी गरेर समस्यामा मल्हम पट्टी लगाउन क्रियाशिल हुनु पनि समाजसेवा हो ।
श्रेष्ठले सञ्चारकर्मीहरुले गरेको कामको तारिफ गर्नुभयो । जसरी पत्रकार स्थानीय युवाहरुले समस्या उठान गर्दा सहयोगीहात जुट्छ, त्यो पनि समाजसेवा हो ।
आफुले वितगमा निक्कै दुखकष्ट भोगेर स्थापित भएको बताउदैं श्रेष्ठले त्यही पिडा सम्झेर गाउँको लागि सेवा गरेको बताउनुभयो ।
श्रेष्ठ भन्नुहुन्छ, बाल्यकालमै राजधानी गएर लेबर काम गरेर निक्कै कष्ट गरेर यो स्थान सम्म आईपुगे ।अहिले पनि रातदिन मेहेनत गरिरहेको छु । मेहेनतको फलको केहि हिस्सा समाजलाई सहयोग गरेको हुँ ।
मेरो गाउँ पहिल्यै जस्तो देखे,विकासमा अझै पछि परेको जस्तो लाग्यो,त्यहि भएर सडकबत्ति जडान गरिदिएको हुँ ।
मठमन्दिरमा,विद्यालयमा सक्ने सहयोग गरेको हुँ,श्रेष्ठले भन्नुभयो । श्रेष्ठले आफ्नो गाउँको खेलकुदमा पनि उल्लेख्य सहयोग गरिरहनुभएको छ । म सकुन्जेल सहयोग गुर्छ, म त्यस्तो सम्पन्न ब्यक्ति पनि होईन, श्रेष्ठ भन्नुहुन्छ, खान लगाउन दुख छैन । छोराछोरी अब आफ्नो खुट्टामा उभिन सक्ने अवस्थामा पुग्न आटेका छन् । आफुले सहयोग गरेको ठाउँमा प्रतिफल राम्रो आए सहयोग गर्न उत्साह मिल्ने बताउदैं श्रेष्ठ भन्नुहुन्छ, सहयोगको दुरुपयोग भयो भने नमज्जा हुन्छ । आमा भद्रकुमारी श्रेष्ठको प्रेरणाले समाजसेवा गरेको श्रेष्ठले बताउनुभयो । श्रेष्ठले हाल १० जना विद्यार्थीलाई निशुल्क पढाइदिनुभएको छ ।
सुन्दरले सुनाए यसरी आफ्नो संघर्ष
घरमा हातमुख जोर्न धौधौ परेपछि २०४९ सालमा किशोर अवस्थामै काठमाडौं गए । खोपीडाँडामा जन्मेहुर्केर काठमाडौंमा ठेक्कापट्टा र हाउजिङ्ग व्यवसाय गरिरहेको छु । घर आउँदा गाउँविकासको लागि सहयोग गरिरहेको छु ।
बाटोमा भेट्दा अपरिचित मानिसहरुले पनि हजुर सुन्दर श्रेष्ठ हो, हजुरले धेरै राम्रो राम्रो काम गरिरहनुभएको छ भन्दा निक्कै खुशी लाग्छ । म छक्क पर्छु,मैले गरेको कामले मेरो चिनारी पनि बढिरहेको छ ।
यो अभियानमा पत्रकार तथा साथीभाईहरुको निक्कै साथ छ । सुरुमा काठमाडौं पुगेर दैनिक ५० रुपैयाँ पारिश्रमिक लिएर ज्यालामजदुरी गरे । निर्माण क्षेत्रमा ज्यालामजदुरीदेखि मिस्त्री हुँदै ठेकेदार बनेपछि आर्थिक उन्नती गर्न सके । कस्ले कति कमाउछ त्यो ठुलो कुरा होईन,कस्ले कति बचाउछ त्यो नै ठुलो कुरा रहेछ । हाल म निर्माण र हाउजीङ्ग व्यवसायमा संलग्न छुँ । म नहिच्किचाई भन्छु–‘आज पनि म आफूलाई एउटा लेबर हुँ भन्न रुचाउछु ।’
परालको छानो र सण्ठीको बेरा भएको झुप्रोमा जन्मेहुर्केको मेरो बाल्यकाल चरम आर्थिक अभावमा बितेको थियो । तीन दाजुभाइमध्ये कान्छा उनी पढाईमा असफल भएपछि एसएलसी दिएर काठमाडौं हानिए । आर्थिक रूपले सवल भएपछि ‘सुरुमा आफ्नो कमाईले पुरानो झुप्रोको छेऊमा काठको घर बनाएँ । त्यसपछि भक्तपुरमा र खोपिडाँडाको आफ्नै खेतबारीमा पक्की घर बनाएको छु ।’
मलाई यतिबेला खानलाउन पुग्दो छ । समाजसेवाप्रति ठूलो लगाव छ । गाउँको विकासमा सदा चिन्तित हुन्छु । ‘हाम्रा सन्ततीले हामीले जस्तो दुःख नपाउन भन्ने लाग्छ । सकारात्मक कामका लागि सहयोगी हात फिजाउनेहरुलाई खाली हात फर्काएको छैन् । मैले समाजमा गरेको आर्थिक सहयोगप्रति आमा भद्रकुमारी र पत्नी सुनिता र छोराछोरी पनि खुशी छन् ।