• काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार पाँच वर्षसम्म नढल्ने दावी गरेका छन्। अध्यक्ष दाहालले सरकार लोकतान्त्रिक मूल्य/मान्यता अनुसार अघि बढने स्पष्ट पारे। बिहीबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको १२ औं स्थापना दिवस तथा आर्थिक समृद्धि विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कामको आधारमा मूल्यांकन गर्ने परिपाटीको स्थापनाका लागि पनि दीगो र बलियो सरकार स्थापना गरिएको दाबी गरे।

    अध्यक्ष दाहालले सरकार कसैले हिल्याएर नहिल्ने दावी गरे। उनले विगतमा सरकार अस्थिर भएको पीडाबोध भएपछि एमाले र माओवादी केन्द्रबीच एकीकरण गरेर सरकारलाई बलियो बनाउनु परेको उल्लेख गरे।

    अध्यक्ष दाहालले जनता र राष्ट्रको आर्थिक जीवनमा रुपान्तरण गर्न दुई पार्टीबीच एकीकरण गर्नु परेको पनि दोहोर्याए। उनले विकास, समुन्नति र सुशासनको माध्यामबाट जनताको आर्थिक जीवनमा परिवर्तन नल्याए वर्तमान सरकारका लागि ठूलो चुनौती हुने पनि उल्लेख गरे।

    उनले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन अनुकूल वातावरण बनेको भन्दै त्यसलाई अवसरको रुपमा लिएर अघि बढने प्रतिवद्धता व्यक्त गरे।
    अध्यक्ष दाहालले जनताले सरकारबाट ठूलो अपेक्षा गरेको बताए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…