• देबु बानियाँ
    काठमाडौँ । हिजोबाट जापानमा सुरु भएको जेसीआइ एसिया प्रशान्त सम्मेलनमा नेपाल जेसीजले राष्ट्रिय झण्डासहित नेपाली पोशाकमा आफ्नो प्रोमो शो गरेको छ ।
    जापानको काङगोसिमा ४ दिने चल्ने सम्मेलनको उद्घाटन समारोहमा नेपाल जेसीजका तर्फबाट प्रस्तुत भएको प्रोमोमा नेपाल जेसीजका अध्यक्ष जेसीआइ सिनेटर श्रीधर बस्यालले नेपाली राष्ट्रिय झण्डा फहराएका थिए । दौरा सुरुवाल र ढाका टोपीमा सजिएर स्टेज पुगको बस्याललार्ई नेपाल जेसीजकी प्रथम महिला पुष्पा बस्यालले साथ दिएकी थिइन् । उनी नेपाली ढाकाको साढी चोलोमा सजिएर पुगेकी थिइन् । साथै सम्मेलनमा सहभागि ६१ जना नेपाली टोलीले नेपाली दौरा सुरुवाल लगाएर सम्मेलनमा सहभागि भएका थिए । ‘नेपालको पहिचान नेपाली दौरा सुरुवाल र ढाका टोपी’ भन्दै सहभागि नेपाली जेसीजका सबै टोली एउटै पोशाकमा सजिएर उद्घाटन स्थल पुगेका थिए । साँझ भएको साँस्कृतिक कार्यक्रममा नेपालको तर्फबाट नेपाली साँस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो । नेपालको पहिचान झल्कने गरी प्रर्दशन गरिएको उक्त नृत्यले विभिन्न देशबाट सहभागि सबै जेसीजकर्मी नेपाली गीतमा नृत्य गरेर मनोरञ्जन लिएको राष्ट्रिय उपाध्यक्ष टेकराज रेग्मीले बताए ।
    नेपालबाट गएको टोलीमा ६१ जनाको सहभागिता रहेको छ । यो टोली नेपाल जेसीजबाट अन्तराष्ट्रिय सम्मेलनमा सहभागि भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
    नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालको नेतृत्वमा गएको टोलीमा राष्ट्रिय बोर्डका विभिन्न पदाधिकारी तथा देशका विभिन्न शाखाका पदाधिकारीहरु रहेका छन् ।
    सहभागि हुनेहरुमा कार्यकारीणी राष्ट्रिय उपाध्यक्ष विकास मानान्धर, राष्ट्रिय कोषाध्यक्ष हेमराज ओझा, राष्ट्रिय उपाध्यक्ष विजय गुरुङ, टेकराज रेग्मी, मोहनराज भट्ट, अस्बिन ढुङ्गाना, कमल विश्वकर्म, भरत रावल, रिकेश श्रेष्ठ, उमेश गुरुङ, संगमबाबु श्रेष्ठ, सुमन कार्की, सुभाष मल्ल, हेमराज खनाल, राजन सुवेदी, सिता श्रेष्ठ, मिलन कटुवाल, विशाल गाजीवनकुमार खड्का, विनोद भट्टराई, सुमित्रा शर्मा, धनपति यादव, राजकुमार रेश्मी, सुमन आचार्य, सालिकराम पुरी, प्रेमप्रसाद पराजुली रहेका छन् । यसैगरी टोलीमा अवदेश कुमार अग्रारी, पुष्पा खनाल, सरस्वती बस्याल न्यौपाने, तुलसीप्रसाद न्यौपाने, कमला पौडेल, सलिना केसी, केव केसी, रबिन पोखरेल, प्रधिमान भाजदया, पर्वत श्रेष्ठ, मुक्तिनाथ गैरे, दिपकचन्द्र बराल, पुरुषोतम सुवेदी, मनोज आचार्य, विना न्यौपाने आचार्य, किशोर पगेनी, कृष्ण अर्याल, विष्णु कडेँल, नारायण सुवेदी, डिल्लीराम घोर्साइ, सुरेश न्यौपाने, रबिन्द्र गुरुङ, हर्षमान मानन्धर, विकाश महर्जन, अमित आचार्य, अनिल महर्जन र डाक्टर खुस्बु कार्की सहभागि रहेका छन् ।
    एसिया प्रशान्त सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै मुक्तिनाथ गैरेले वक्तृत्वकला प्रतियोगितामा भाग लिने राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…