• देबु बानियाँ
    झापा । नेपाल जेसीजको वार्षिक कार्यक्रम अनुसार गरिने देशका विभिन्न शाखाहरुको जेसीज सप्ताह धमाधम भइरहेको छन् । यसै क्रममा जेठ १ गतेबाट सुरु भएको तुलसीपुर जेसीज दाङको जेसीज सप्ताह अन्तिम चरणमा पुगेको छ । एक सातासम्म विभिन्न कर्यक्रमहरुको आयोजना गरी तुलसीपुरले यो वर्षको जेसीज सप्ताह सम्पन्न गर्न लागेको हो ।
    जेठ १ गते तुलसीपुर उप महानगरपालिकाका मेयर घनश्याम पाण्डेले भव्य उद्घाटन गरेको सप्ताह शनिवार पारिवारिक वनभोजसहित समापन हुने शाखा अध्यक्ष दिपेश भण्डारीले बताए ।
    सप्ताह अन्तरगत २ गते रक्तसमूह पहिचान, ३ गते ज्ञान ज्योति प्राविमा एक जना शिक्षक हस्तान्तरण गर्ने, ४ गते ट्राफिक सचेतना मूलक कार्यक्रम, ५ गते खानेपानी मुहान संरक्षण तथा सरसफाइ, ६ गते स्थानीय विदालयका कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई प्रशिक्षण जेसीज सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेका छन् भने शनिवार अर्थात १२ गते जेसीजकर्मीहरुको पारिवारिक वनभोजसहित सप्ताह समापन गरिने मूल आयोजक समितिको संयोजक मानबहादुर बस्नेतले बताए ।
    यता सुर्खेत लेडी जेसीजको जेसीज सप्ताह भोलदेखि हुने भएको छ । सुर्खेत बजारमा महिला स्कुटी रेस गरेर सप्ताहको उद्घाटन गर्न लागिएको सुर्खेत लेडी जेसीजकी अध्यक्ष कृति गुभाजु शाक्यले बताइन् । ट्रफिक जनचेतनामुलक कार्यक्रमका रुपमा लिएको उक्त स्कुटी रेसमा महिलाले मात्र भाग लिन पाउनेछन् । दोस्रो दिन अर्थात १३ गते छालाको हेरचाह सम्बन्धी प्रशिक्षण, १४ गते वक्तृत्वकला प्रतियोगिता, १५ गते एक दिने दन्त परिक्षण शिविर, १६ गते शैक्षिक सामाग्री वितरण गर्ने कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक समित्रा गौतमले बताइन् । यसैगरी, १९ गते विभिन्न विधामा सम्मान सहित मदर डान्स प्रतियोगिताको तयारी गरिएको वर्ष २०१८ की महासचिव लक्ष्मी कार्की प्रधानले बताइन् । उनका अनुसार सोही दिन जेसीज सप्ताह सम्पन्न हुनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…