उर्लाबारी । सुन तस्कर गोरेबाट चुनावमा चन्दा लिएको खुलासा भन्ने बिभिन्न अनलाईन पत्रिकामा आएको समाचारलाई साँसद घनश्याम खतिवडाले खण्डन गरेका छन् । रातोकलमसँग कुराकानी गर्दै सांसद घनश्याम खतिवडाले भने को हो गोरे म चिन्दिन पनि जान्दिन, पनि । अहिले सुन तस्कर हो भनेर समाचार आएपछि मात्र चिनेको हुँ ।
मोरङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित खतिवडाले निर्वाचनको समयमा गोरेबाट दुई लाख चन्दा लिएको भन्ने खबर आएको थियो । के तपाईले खर्च लिएको होईन त, समाचारहरु कसरी आयो यसबारे भन्ने प्रश्नमा साँसद खतिवडाले भने,जतिपनि समाचार आयो सबै बकवास हो ।
आफ्नो ईमान र निष्ठाको राजनितीक करियरमाथि आँच पुर्याउने षणयन्त्र भएको उनले बताए ।
३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त चडामणि उप्रेती गोरेलाई आफुले नचिनेको उनले पटक पटक बताए । एमाले कार्यकर्ता रेवत आचार्यले मलाई गोरे मार्फत २ लाख चन्दा दिएको भन्ने समाचार आएको रैछ,यसमा सत्यता छैन,रातोकलमसँग टेलिफोन सम्बादमा उनले भने । सांसद खतिवडाले निर्वाचनको समयमा पार्टी शुभेच्छुक र कार्यकर्ताबाट सहयोग भएको बताउदैं त्यसलाई गम्भिर रुपमा नलिन आग्रह गरे । तर म पुनः भन्छु, गोरेको नामबाट सहयोग लिएको छैन ।