• काठमाडौं । सरकारले देशका सबै निकायलाई कम्युनिष्टकरण गर्दै लगेको तथा मुल्यबृद्धी गरेको बिरोधमा नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ । नेविसंघ काठमाडौं जिल्लाको आयोजना र केन्द्रिय समितिको समन्वयमा शुक्रबार दिउँसो राजधानीमा प्रदर्शन गरिएको हो ।

    प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडिबाट सुरु भएको जुलुस रत्नपार्क पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसमा नेविसंघ नेताहरु महामन्त्री कुन्दन काफ्ले, मनोजमणि आचार्यले नेतृत्व गरेका थिए । बिरोध सभामा नेबिसंघ महामन्त्री कुन्दनराज काफ्ले, उपाध्यक्ष रामप्रसाद अधिकारी, नवीन राई, नेता दीपक भट्टराई, डुजाङ शेर्पा काठमाडौं सभापति मनोज बैध्य लगायतले सम्बोधन गरेको नेबिसंघ केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

    कांग्रेस र नेविसंघको झण्डासहित ठूलो संख्यामा उपस्थित कार्यकर्ताहरुले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढ बनाउनुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने, द्वन्द्वकालीन मुद्दामा थुनामा रहेका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेललाई आममाफी दिन नहुने लगायतका सन्देश लेखिएका ब्यानर बोकेका थिए ।

    उनीहरुले आफ्नै पार्टी सभापतिलाई पनि आन्तरिक लोकतन्त्रको लागि ध्यानाकर्षण गराएका थिए । वर्तमान नेकपा नेतृत्वको सरकारविरुद्ध सडकमा उत्रिएका नेविसंघका केही कार्यकर्ताहरुले विरोधको प्रतिकात्मक स्वरुप पूरै शरीर ढाकिने कालो कपडा  लगाएको नेबिसंघ नेता सुबिन पराजुलीले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…