देबु बानियाँ
ज्यामिरगढी । प्रथम सनसाइन जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि आयोजक सनसाइन महिला फुटबल क्लवले कब्जा गरेको छ ।
ज्यामिरगढी माविको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पारिजात महिला फुटबल क्लब सालबारीलाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै सनसाइनले फाइनलको उपाधि माथि कब्जा जमाएको हो ।
दोस्रो हाफको २९ औं मिनेटमा आयोजकका तर्फबाट जर्सी नम्बर ११ की सम्झना लावतीले गरेको एक मात्र गोल नै निर्णायक बन्यो । पारिजातका खेलाडीले डि एरियाभित्र हेण्डबल गरेपछि आयोजकले टाइब्रेकरको मौका पाएको थियो । उक्त मौकालाई लावतीले सानदार रुपमा सदुपयोग गर्दै उपाधिको हकदार बनेको हो ।
जितसँगै आयोजकले नगदराशी ५५ हजार तथा उप विजेता पारिजात महिला फुटबल क्लव सालबारीले ३० हजार रुपैयाँसहित शिल्ड, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको फाइनल खेलमा वुमन अफ दी म्याच विजयी टिमकी सरिता शेर्पाले प्रोत्साहन स्वरुप नगद १ हजार रुपैयाँ पाइन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजककी रोमा भूजेलले भइन । उनले ५ हजार ५ सय प्रापत गरिन् । सर्वाधिक गोलकर्ता र उत्कृष्ट फरवार्ड घोषित सम्झना लावती, उत्कृष्ट गोलरक्षक आयोजककी रञ्जु राजवंशी, उदयीमान खेलाडी आयोजककै अञ्जिता तामाङ, उत्कृष्ट डिफेन्स फिेन्डर आशा श्रेष्ठ र उत्कृष्ट मिड फिल्डर घोािषत उप विजयी टिम पारिजातकी चन्दना लामिछानेले जनही २१ सय
प्रतियोगिताको विजेता तथा उप विजेता टिमका खेलाडीहरुलाई प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, आयोजक क्लवकी अध्यक्ष अस्मिता खवास, जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, महासचिव शेरबहादुर बस्नेत, झापा गोल्ड कपका अध्यक्ष महेन्द्रकुमार गिरी, समाजसेवी भीम खवास, रविन बस्नेतलगायतले शिल्ड, ट्रफी र प्रमाण पत्र प्रदान गरेका थिए ।