• काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा १ नम्बर प्रदेशसभा सदस्य भीम आचार्यले प्रदेशको नाम किरात राख्न सकिने बताएका छन् । किरात राई विद्यार्थी संघ केन्द्रीय समितिले आज(जेठ १२)काठमाडौं कोटेश्वरमा आयोजित किरात प्रदेशको औचित्य बिषयक कार्यक्रममा बोल्दै नेता आचार्यले सो कुरा बताएका हुन् । आचार्य पूर्व पर्यटनमन्त्री तथा एमाले केन्द्रीय सचिव र १ नम्बर प्रदेश ईन्चार्जहुन् ।



    किरात कुनै एउटा जाति नभएर सभ्यता र ऐतिहासिक भूमि भएको तर्क गर्दै सभ्यता नेपालकै लागि सम्पति भएकोले जोगाउनु पर्ने बताए । ‘किरात सभ्यता राईको मात्र हो भन्ने कुरा गलत’ आचार्यले भने ‘किरात, मिथिला प्रदेश बन्न सक्छ ।’

    भगवानको नाममा व्यक्ति पुजा गर्नेहरूभन्दा प्रकृतिलाई पुज्नु विज्ञमासम्बद्ध भएको तर्क गर्दै आचार्यले भने ‘किरातीहरूले आफ्ने संस्कार जोगाउदै ल्याएकोमा धन्यवाद दिनुपर्छ ।’ नेपालमा पछिल्लो समयमा अरबौं धनराशी खर्च गरेर धर्म संस्कारको नाममा साम्राज्यवादी आक्रमण भइरहेकोमा चिन्ता व्यक्त गरे ।

    कार्यक्रममा लेखक तथा विश्लेषक विश्वभक्त दुलाल (आहुती)ले अधिकारसहितको किरात प्रदेशको लागि आन्दोलनमा जोडदिनुपर्ने बताए । किरात हुदैन भन्ने कोहीसँग तर्क नभएपनि तीन पटकसम्म पहिचान विरोधीलाई भोट दिएर त्यो भूगोलको जनताले गलत गरिरहेको बताए । ‘किरात नाम मात्र आएर केही हुदैन ।

    ’ आहुतीले भने ‘आम किरातीको आर्थिक सम्पन्नताको लागि शासन सत्तामा समान सहभागिता आवश्यक छ ।’ वर्गीय रूपमा कमजोर समुदायको भोटि किनेर चुनाव जित्ने दलाल पुँजीवादी संसदीय व्यवस्थाबाट किराती लगायतका उत्पीडित समुदायको मुक्ति कदापी नहुने र उक्त व्यवस्था पुँजिपातिको मात्र हितहुने आरोप लगाए ।

    संघकी अध्यक्ष बिर्सिका राईको सभापतित्वमा भएको कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय कार्यबाहक अध्यक्ष दिवस राई, पहिचानवादी लेखक राजन मुकारुङ लगायतले बोलेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…