• गुल्मीका स्थानीय तहका ९३ वडा मध्ये ४३ वडा सचिव बिहिन भएपछि नागरिक र जनप्रतिनिधि समस्यामा परेका छन् । दुई नगरपालिकासहित १० गाउँपालिका रहेको गुल्मीमा ४३ वडा सचिव बिहिन अवस्थामा छन् । वडाको कामकाजकै प्रमुख व्यक्ति नभएपछि कार्यालय व्यवस्थापन र सेवा प्रवाहमा मुस्किल पर्दै जान थालेको जनप्रतिनिधिहरु बताउँछन् ।

    जिल्लामा भएका केही कर्मचारीलाई व्यवस्थापन गरिएको भएपनि अधिकांश स्थानीय तहमा कर्मचारी अभावको समस्या रहेको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले बताए । ‘जिल्लामा आएका कर्मचारीलाई स्थानीय तहको अवस्थाका आधारमा व्यवस्थापन गर्ने गरेका छौँ,’पराजुलीले भने, ‘तर जिल्लामै सामान्य प्रशासन मन्त्रालयले कर्मचारी नपठाउँदा स्थानीय तहमा समस्या देखिएको हो ।’ जिल्लाको चन्द्रकोट गाउँपालिकामा सबैभन्दा बढी कर्मचारी अभाव छ । दुई सचिवले आठ वडामा काम गर्नुपर्ने अवस्था छ ।

    गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीका अनुसार आठ वडामा दुई सचिवले काम गरिरहेका छन् । ‘यो बिडम्बनाले गाउँ सिंहदरवार कहिले बन्छ,’उनले भने‘ वडा सचिवको मात्रै होइन अरु कर्मचारीको अवस्था पनि उस्तै छ ।’ जिल्ला समन्वय समितिमा पटक पटक जानकारी गराएको भएपनि जिल्लामै मन्त्रालयले कर्मचारी नपठाएपछि गाउँमा माग्न गाह्रो परेको उनले बताए ।

    जिल्लाका रेसुङ्गा नगरपालिका र मदाने गाउँपालिकामा बाहेक अन्य कुनै पनि स्थानीय तहका सवै वडामा सबै सचिव छैनन् । कतिपय स्थानमा एकजना सचिवले तीन वडा हेर्दै आएका छन् । गाउँपालिकामा सचिवलाई दुईदेखि तीन वडाको जिम्मेवारी भएकाले नागरिकले पालो कुर्नु पर्ने अवस्था रहेको मालिका गाउपालिका ८ का कमल नेपालीले बताए ।





सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…