• झापा । पीवी थापा स्मृति केसीसी राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता–२०७५ शनिबारबाट शुरु भएको छ । नाइट चेस क्लब काँकरभिट्टाले काँकरभिट्टास्थित खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभाहमा आयोजना गरेको प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका थिए ।

    उद्घाटन सत्रमा बोल्दै प्रमुख आचार्यले यो प्रतियोगिताले बुद्धिचाल खेलको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । स्थानीय सरकार स्थानीय स्तरमा हुने जुनसुकै खेलको विकास र प्रवद्र्धनमा सक्रियरुपमा लागि पर्ने उनको भनाई थियो ।

    खेलक्षेत्रमा लाग्ने खेलाडी देशकै गहना भएकाले खेलाडीको क्षमता र अन्य कुरामा तीनै तहका सरकार जिम्मेवार बन्ने उनको भनाई थियो । खेलाडीले देशको नाम र शान राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको कसैले पनि विर्सन नहुने प्रमुख आचार्यले बताए ।

    क्लबले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न बुद्धिचाललगायत अन्य प्रतियोगिता आयोजना गरेको खेलको माध्यमबाट मेचीनगरको विकासमा पुर्याएको योगदानको खुलेरै उनले प्रशंसा गरे । प्रतियोगिताले मेचीनगरको पहिचानमा नयाँ आयाम थप्ने उनले विश्वास व्यक्त गरे ।

    बुद्धिचाल खेलको विकास र प्रबद्र्धन गर्ने उद्देश्यले नाइट चेस क्लबको स्थापना गरि खेलकुद र सामाजिक सहभागिता जनाउँदै आएको यो संस्था मेचीनगरकै एक प्रतिष्ठित र स्थापित सामाजिक संस्था भएको प्रमुख आचार्यको भनाई थियो ।
    संस्थाले समाजमा रहेका विभिन्न खाले समस्याहरु, समाजिक विकृति विसंगतिहरुका विरुद्ध आफ्नो गतिविधिहरुलाई केन्द्रित गर्दै आइरहेको कुरा कसैले भुल्न नहुने उनले बताए ।

    कार्यक्रममा बोल्दै उपप्रमुख मिना पोखरेल उप्रेतीले राज्यले खेलकुदको महत्व बुझेका कारण हरेक क्षेत्रका खेलको विकासका लागि वजेट समेत प्राथमिकताका साथ विनीयोजन हुनेमा ढुक्क हुन विश्वास दिलाईन । उनले विविध कारणले ओझेलमा परेका धेरै खेलहरु बाहिर ल्याउनका लागि स्थानीय सरकार लागि परेको बताईन् । उनले खेल र खेलाडीको विकासमा नगरपालिकाले कुनै कुरामा कमि आउन नदिने विचार राखिन् । क्लबका पूर्व अध्यक्षहरुकातर्फबाट गोपाल तामाङले बोलेका थिए ।

    सोहि कार्यक्रममा बुद्धिचाल खेलको श्रीबृद्धिमा सक्रिय भएको भन्र्दै स्वर्गीय धनबहादुर तामाङलाई परोणोपरान्त गरिमामय मानार्थ ‘नेपाल चेस तारा’ पदक प्रदान गरिएको थियो । क्लबका अध्यक्ष कृष्णकान्त खनियाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन महासचिव सन्तोष आचार्य र कार्यक्रमको औचित्यमाथि प्रकाश उपाध्यक्ष तथा खेल संयोजक ओमप्रकाश दाहालले प्रष्ट पारेका थिए ।

    प्रतियोगितामा एकाडेमीक सपोर्ट मेची युमा चेस एकाडेमी, काँकरभिट्टाको रहेको छ । प्रतियोगितामा देशभरका निक्कै चर्चित बुद्धिचालका खेलाडीहरुको जमघट रहेको छ । प्रतियोगितामा पहिलो हुनेले नगद ५० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । मुख्य १५ सहित विभिन्न श्रेणीका ३७ वटा विधामा पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ । प्रतियोगिता आगामी १७ गते सम्पन्न हुने छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…