सुर्खेत । सुर्खेत महिला जेसीजले महिलाहरुको छालाको हेरचाह सम्बन्धी एक दिन प्रशिक्षण आइतवार सम्पन्न गरेको छ ।
सुर्खेत महिला जेसीजको शनिवारबाट सुरु भएको जेसीज सप्ताहको दोस्रो दिन छाला सम्बन्धी प्रशिक्षणको आयोजना गरिएको हो । व्युटिसियन सपना गदाल र जेसी प्रमी शाक्यले प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा ३५ जना महिलाहरुको सहभागिता रहेको थियो ।
वर्ष २०१८ कि अध्यक्ष कृति गुभाजु शाक्यको सभापतित्व तथा सुर्खेत महिला जेसीजकी पूर्व अध्यक्ष ज्योति पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वर्ष २०१६ कि अध्यक्ष प्रतिमा मल्लाह रहेका थिए । कार्यक्रमको स्वागत तालिम संयोजक प्रमी शाक्य र सञ्चालन महासचिव सिया कार्की प्रधानले गरेकी थिइन् ।
कार्यक्रममा सहभागिलाई कार्यकारी उपाध्यक्ष लक्ष्मी कार्कीले धन्यवाद ज्ञापन गरेकी थिइन् ।